Sidha Patra शनिबार, फाल्गुण १३, २०७९

काठमाडौं । नेपाली काङ्ग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिएका छन ।

त्यस्तै बैठकमा पार्टी सभापति शेर बहादुर देउवाले पौडेलको नाम प्रस्ताव गरेका थिए । नेपालको संविधानको रक्षा र गणतन्त्रको सुदृढिकरणका लागि काङ्ग्रेसको उम्मेद्वारलाई बिजयी गराउन सवै दललाई अनुरोध गरेको छ भने बैंशाख १० गते हुने चितवन–२ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गर्ने उम्मेद्वारलाई औपचारिक पत्र दिने जिम्मेवारी पार्टी सभापतिलाई दिने निर्णय भएको प्रवक्ता महतले बताए ।

यस्तै काङ्ग्रेसका बरिष्ठ नेता पौडेलले संविधानलाई संस्थागत गर्नको निम्ति राष्ट्रपतिमा आफ्नो उम्मेदवारी रहेको जानकारी दिएका छन् । उनले पार्टीले आफुलाई न्याय गरेको र पदको गरिमा कायम राख्ने जिकिर गरेका छन् ।

दलहरुबीच भएको पछिल्लो सहमति अनुसार काङ्ग्रेस–माओवादीसहित ८ दलीय गठबन्धन बनेको छ । जसअनुसार राष्ट्रपतिमा काङ्ग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]