
Srbpu
Djs
sbs
Pes
Gfs
Rgp
Unsku
Lnp
Rgp1
cjs
Ggp
Sgr
pku
Pbu

Vor
Gst
Sbs
Wsp
Tsm
Ksm
Rgu
Bbu
Asm
nsb
Rsb
Bbbpu
Rgu
Rgs
Sls
Ggd
Hal
Pvg
Ssm

Jmb
Pls
sab
Jmb
Bml
Mks
Ptm
Abd
Rpp
bbt
Gsb
Syp
Rmb
दाङ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय सिसहनियामा आवद्ध भएका सदस्यहरूका छोरा र छोरी मध्येवाट प्रत्येक वर्ष कक्षा १२ उत्रिर्ण गरेका छात्र र छात्रालाई उच्च शिक्षामा निरन्तरता दिन थप प्रोत्साहन र हौसला प्रदान गर्ने उदेश्यले निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको क्षेत्रीय कार्यालय कोहलपुर अन्तर्गत शाखा कार्यालय सिसहनियाँ दाङले आ. व. ०७८/०७९ मा १२ कक्षा उत्तीर्ण गरेका शाखाका सदस्यहरूका छोराछोरी मध्ये सर्वोत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्रा एक गरी दुई जना विद्यार्थीहरूलाई एक कार्यक्रमका बीच डा. हरिहरदेव पन्त स्मृति छात्रवृत्ति प्रदान गरेको छ ।
निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लि.शाखा कार्यालय सिसहनियाँका प्रमुख संजय चौधरीकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीकाे विशिष्ट आतिथ्यतामा भएको छात्रवृती हस्तान्तरण कार्यक्रममा छात्र तर्फ भगवानपुर महिला समाज केन्द्र नं. ७१ की सदस्य तापेश्वरी चौधरीकी छोरा कालीचरण चौधरी र छात्रा तर्फ मजगाउ महिला समाज केन्द्र नं. ०८ की सदस्य मन्जु चौधरीकी छोरी पुर्णिमा चौधरी लाई जनही १०/१० हजारका दरले नगद २० हजार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
छात्रवृती रकम तथा प्रमाण पत्र हस्तान्तरण गर्देै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाले आफ्ना सदस्यका बच्चालाई शैक्षिक प्रगतीको लागी गरिएको छात्रवृती वितरण कार्यक्रम प्रशंसनिय र उपलब्धीमुलक रहेको बताउदै यस प्रकारको कार्य सबै लघुवित्तले गर्नु पर्ने बताउनु भयाे।
त्यस्तै उहाँले यस निर्धन लघुवित्तले सीपमूलक, उद्यमशीलता विकास तालिम, वित्तीय साक्षरता, व्यवसायिक साक्षरता र सचेतनामूलक कार्यक्रमहरू संचालन गर्दै ग्राहक सदस्यहरूको आर्थिक, शैक्षिक, सामाजिक, वौंद्धिक विकासमा टेवा पुर्याउदै आएकाले यसले गाउँपालिकाको आर्थिक र सामाजिक अवस्थामा सुधार ल्याउन थप टेवा मिल्ने बताउनु भयो ।
त्यसैगरी कार्यक्रममा लघुवित्त संस्थाका शाखा प्रमुख संजय चाैधरीले स्व. डा. हरिहरदेव पन्तले नेपालमा विपन्न वर्गका महिलाहरूलाई सामाजिक चेतनाको साथै वित्तीय तथा गैर वित्तीय सेवा दिगो तरिकाले पुर्याउन पहिलो पटक विना धितो लघुवित्तको शुरूवात गरी आम गरिव व्यक्तिमा वित्तीय साक्षरता, उद्यमशील विकास ताालिम, बजार र वित्तीय पहुँच एकीकृत रूपमा पुर्याई आर्थिक र सामाजिक अवस्थामा सुधार ल्याउन निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको स्थापना गरेको बताउनु भयो ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड देशको ७७ वटै जिल्ला हरूमा शाखा सञ्जाल रहेको लघुवित्त वित्तीय संस्था हो । संस्थाले १ सय ८५ वटा शाखा कार्यालयहरू १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १ सय ९६ वटा कार्यालय मार्फत करिव ४ लाख लघु उद्यमीहरुलाई लघुवित्त सेवा प्रदान गरिरहेकोे छ ।
त्यस्तै संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित पिछडिएका विपन्न परिवारका महिलाहरूलाई समूहमा आवद्ध गराई विना धितो र बयस्क सदस्यलाई लघुउद्यम कर्जा लगानी गर्ने, ग्राहक सदस्यहरूलाई सुत्केरी स्याहार खर्च, प्राकृतिक प्रकोप आगलागि, बाढी, पहिरो, भुकम्प, हावाहुरी प्रभावित ग्राहक सदस्यहरूलाई आर्थिक अनुदान÷राहात, ग्राहक सदस्य, ग्राहक सदस्यका पति छोराछोरीलाई गम्भीर प्रकृतिका रोग लागेमाआर्थिक अनुदान/राहात, सदस्यलाई पाठेघरको शल्यव्रिmया गरेको अवस्थामा आर्थिक अनुदान÷राहात र ऋणी सदस्य तथा संरक्षक (पति) को मृत्यु हुँदा आर्थिक सहायता उपलब्ध गराई ऋणको अति भार बाट मुक्त गराउँदै आइरहेको छ।साथै संस्थाले सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, वित्तीय साक्षरता, व्यवसायिक साक्षरता र सचेतनामूलक कार्यक्रमहरू संचालन गर्दै ग्राहक सदस्यहरूको आर्थिक, शैक्षिक, सामाजिक, बौद्धिक विकासमा टेवा पुयाउँदै आएको शाखा प्रमुख चाैधरीले जानकारी दिनु भयो ।

