
Srbpu
cjs
pku
Rmb
Pes
Unsku
Sgr
Rgp
Cps
Gfs
Ggp
Rgp1
Gis
Sds
Lnp
Rgp
sbs
Pbu
Djs

Wsp
Tsm
Vor
Bbu
Hal
nsb
Ssm
Rgu
Pvg
Rsb
Gst
Ksm
Rgu
Sbs
Bbbpu
Ggd
Rgs
Asm
Sls

Syp
bbt
Ptm
Rpp
Rmb
Abd
Gsb
Jmb
sab
Jmb
Bml
Mks
Pls
दाङ । देउखुरीको लमहीमा बिहीबारदेखि जेसिज सप्ताह सुरु भएको छ । जेसिजले विभिन्न कार्यक्रमहरु संचालन गरि जेसिज सप्ताह मनाउन सुरु गरिएको हो ।
पहिलो दिन लमही जेसिजले वृक्षारोपण गरी सप्ताहको उद्घाटन गरेको छ । सप्ताहको लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले वृक्षारोपण गरेर सप्ताहको उद्घाटन गर्नु भएको हो । जेसिज वर्ष २०२० का अध्यक्ष (जेसी)सपना पाण्डे-पण्डितको अध्यक्षता एवम् नगरप्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यता र नेपाल जेसिजका कार्यकारीणीय उपाध्यक्ष जेसी लालमणी भण्डारीको विशेष अतिथिमा भएको जेसिज सप्ताहको उद्घाटन गर्दै नगर प्रमुख केसीले जेसिजलाई क्रियाशिल बनाउन कुनै न कुनै क्रियाकलाप सञ्चालन गरिराख्नु पर्ने बताउनु भएको छ ।
जेसिज क्रियाशिल भए अस्तव्यस्त रहेको लमही बजारलाई सुधार गर्न सकिने र त्यसका लागि यहाँहरुले नेतृत्व गर्न आग्रह गर्दछु’ नगर प्रमुख केसीले भन्नु भयो ।,कुनै पनि कार्य गर्दा स्थानीय सरकार एक्लैले चाहेर केहि गर्न नसक्ने बताउँदै नगरप्रमुख केसीले यहाँहरु सगै स्थानीय सरकार सहकार्य गर्न खोजेको बताउनु भयो ।
कार्यक्रम संयोजक निर्मला चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल जेसिजका कार्यकारीणीय उपाध्यक्ष जेसी लालमणी भण्डारी, जेसिजका पुर्व अध्यक्ष उमाकान्त चौधरी,लमही जेसीज २०२० का प्रकरण निर्देशक तथा २०२० जेसीज सप्ताह कार्यक्रमका सप्ताह संयोजक जेसी दुलमदास चौधरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन जेसिज वर्ष २०२० का महासचिव जेसी जयप्रकाश पौडेलले गर्नु भएको थियो । यसै बिच सप्ताहको दोस्रो दिन असोज ९ गते कवीराज पोख्रेलको संयोजकमा जी मार्ट होण्डा सोरुम अगाडी ब्लड डोनेशन कार्यक्रम,१० गते मुकेश चौधरीको संयोजकमा राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा अत्यावश्यक सामाग्री सहयोग,११ गते केशव दिपक शर्माको संयोजकमा रातो डाँडा लमहीमा लमही जेसिजको होर्डिङ बोर्डको स्थापना,१२ गते फर्णाधर ढकालको संयोजकमा लमही बसपार्कमा कोभिड १९ सम्बन्धी मास्क प्रयोग तथा व्यवस्थापन सम्बन्धी सचेतना अभियान कार्यक्रम गर्ने भएको छ ।
यस्तै १३ गते झलकसिंह रसाइलीको संयोजकमा लमहीको सार्वजनिक बगौचामा लमहीमा साइकल रेस र १४ गते लोकमान रिजालको संयोजकमा लमही नगरपालिका ३ जखेरातालमा स्वागत सम्मान तथा समापन कार्यक्रम रहेको लमही जेसिजका अध्यक्ष सपना पाण्डेले जानकारी दिनु भएको छ । लमही जेसिजले प्रत्येक वर्ष जेसिज सप्ताह कार्यक्रम यसैगरी नै मनाउँदै आईरहेको छ ।
