सुरज भट्टराई/रुपन्देही शुक्रबार, फाल्गुण १२, २०७९

रुपन्देही । रुपन्देहीको सेभेन स्टार इङलिस बोर्डिङ स्कुल देवदह नगरपालिका वडा नम्बर २ ले एक दिने “विद्यार्थी तथा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष प्रजापति सापकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा बाेल्दै अध्यक्ष सापकोटाले आधुनिक, प्राविधिक र व्यावहारिक शिक्षा अहिलेको आवश्यकता रहेको औंल्याउंदै संस्कार सहितको समयानुकुल शिक्षाका लागि विद्यालयले ठूलो भुमिका खेल्नुपर्नेमा जाेड दिनुभयाे । कार्यक्रममा विद्यालयका प्राचार्य टिकाराम चापागाईंले विद्यालयको समग्र शैक्षिक गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले विद्यालयका भावी योजनाहरु प्रस्तुत गर्दै संस्कार सहितको बालमैत्री शिक्षा विद्यालयको अबको मुख्य प्राथमिकता रहेको बताउनुभयाे ।

त्यस्तै साेही अवसरमा बाेल्दै यसै शैक्षिक सत्रबाट विद्यालयमै सुविधा सम्पन्न, आधुनिक र उचित व्यवस्थापनका साथ मन्टेश्वरी कक्षा सञ्चालन हुन लागेको कुरा समेत उहाले बताउनुभएकाे थियाे । कार्यक्रममा विद्यालयका सह-प्राचार्य तिर्थराज पन्थि लगायतले आ-आफ्ना भनाई राख्नुभएकाे थियाे ।

विद्यालय शिक्षालाई व्यवहारिक जीवनसंग जोड्दै संस्कार सहितको शिक्षामा जोड दिने उद्देश्यले उक्त अभिमुखिकरण कार्यक्रम आयाेजना गरिएकाे हाे । वर्तमान समयमा आंशिक विद्यार्थी वर्गमा मौलाउदै गएका मोबाइलको बढ्दो प्रयोग, अनुशासनहिनता, शिक्षा र पढाईप्रतिको घट्दो आकर्षण, खुल्ला वातावरणमा सिक्ने अवस्था हराउँदै जाने जस्ता प्रवृत्ति र त्यसले विद्यार्थीको मानसिकता र शिक्षण सिकाईमा पारेको प्रभाव अहिले समग्र सबैको चिन्ता तथा चासोको विषय बनेकाे कुरालाई मध्यनजर गर्दै विद्यार्थी अनुशासन, सिकाई प्रवलता र संस्कार तथा सभ्यतालाई शिक्षासंग जोड्ने उद्देश्यले साे कार्यक्रम आयाेजना गरिएकाे जनाईएकाे छ ।

युवा पुस्तामाझ पछिल्लो समयमा निकै प्रख्यात रहनुभएका प्रशिक्षक रवि किरणको मुख्य प्रशिक्षण, विद्यालयका सह-प्राचार्य तिर्थराज पन्थिको स्वागत र शिक्षक सुर्य देवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]