
Pbu
Unsku
Rgp1
sbs
Lnp
Djs
Sgr
Pes
pku
Srbpu
Gfs
Rgp
cjs
Ggp

Ssm
Asm
Pvg
Gst
Rgs
Bbu
Ggd
Rgu
Rgu
Sbs
Wsp
nsb
Tsm
Bbbpu
Vor
Ksm
Rsb
Hal
Sls

Mks
Bml
Gsb
sab
Abd
Pls
Ptm
Syp
Jmb
bbt
Jmb
Rpp
Rmb
दाङ । राप्तीको प्रवेशद्वारको प्रमुख बजारको रुपमा रहेको गढवा बजारमा केही दिन यतादेखि प्रायः जसो चोरीको घटना बढिरहेको छ तर अहिलेसम्म प्रहरीले कुनै पनि चोरलाई पक्राउ गर्न सकेको छैन।
एक महिनामा ५-६ ओटा तोडफोड तथा चोरीको घटना बाहिरिएको छ। प्रहरीले नियमित रुपमा गढवा बजार आसपासका क्षेत्रमा कडा रुपमा गस्ती गर्ने गरेको दाबी गरेपनि अहिलेसम्म चोर गिरोहलाई पक्रन सकेको छैन।
गढवा बजार क्षेत्रमा दिन प्रतिदिन ताला फोडेर पैसा र सरसामान र नगद चोरीको घटनाले स्थानीय व्यापारीहरु त्रसित भएको स्थानीय ब्यापारी सदिक खानले बताउनु भयो । गढवाको मुख्य बजारमा सिसिटिभी क्यामेरा जडान भएतापनि चोरहरु आफ्नै तालमा सटरका ताला फोडी पटक पटक लुटपात तथा चोरी गर्दा पनि सम्बन्धित निकाय लाचार बनेर बसेको भन्दै आक्रोश पोख्नु भयो ।
यहीँ फाल्गुन महिनामा मात्र चोरीका पाँच वटा घटनाहरु बाहिर आएको छ। चोरहरुको गिरोहले बेखौप तरिकाले फाल्गुन ४ गते एन के मोबाइल सेन्टर र साहारा मोबाइल सेन्टरमा ताला फोडेका हुन् त्यसैगरी फागुन १० गते राती सदिक इलेक्ट्रिक तथा ग्यास सप्लायर्समा ताला तोडी नगद पैसा चोरेका छन् त्यसैगरी फाल्गुन १० गते गढवा बजारमा रहेको मैया पान पसल, रा. १ ह. ५०३५ नम्बरको अटोको डिग्गी फोरेका छन्। त्यसैगरी माघ महिनामा आचार्य तरकारी पसलबाट ताला तोडी सरसामानहरू चोरी गरेका हुन् ।
त्यस्तै गढवा गाउँपालिका वडा नम्वर – ६ बुध्द ज्योति रोडको बुद्धपथमा रहेको ढेबलीमा पनि चोरहरुले ताला तोडेर नगद पैसा सहित पसलका सामान चोरी गरेका छन् । गढवामा पछिल्लो समयमा चोरीको घटनाले सबैलाई सोच्नु बाध्य बनाएको छ। बजारका व्यापारी/व्यवसायीहरु जनधनको रक्षा गर्न गढवा गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
फाल्गुन १० गते राती गढवा बजारको बुद्धज्योति चोक नजिक रहेको सदिक खानको सदिक इलेक्ट्रोनिक तथा ग्यास सप्लायर्स पसलबाट गए राति ताला फोडि नगद लगभग १२-१३ हजार चोरी भएको घटनालाई लीएर गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढा मगरले गढवा गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाउनु भएको थियो ।
केही दिनदेखि गढवा बजारको विभिन्न ठाउँमा रातीको समयमा उद्योगी व्यवसायीहरुको सटरको ताला फोडी चोरी हुने गरेको घटनालाई गढवा उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढा मगरद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।
ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ, – गढवा बजार क्षेत्रमा बढी रहेको चोरी तस्करी बढ्नाले व्यवसाय सञ्चालनमा गम्भीर असुरक्षा महसुस भएको र बजारमा पर्याप्त मात्रामा बित्तिको व्यवस्थापन गर्न, व्यापारीहरुको सुरक्षाका लागि मोबाइल गस्ती परिचालन गर्नका लागि आवश्यक बजेट बिनियोजन गर्न समेत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।
उक्त ध्यानाकर्षण पत्र बुझ्दैन गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बजार क्षेत्रमा लगाईएको सिसिटिभी क्यामेराबाट निगरानी गरिरहेको बताउदै आवश्यक परे थप उत्कृष्ट क्वालिटीको सिसिटिभी क्यामेरा जडानका लागि तत्काल सम्बन्धित निकाय संग कुराकानी गर्नु भएको छ।
चोरी भएको पसलमा बिहान गढवा गाउँपालिका वडा नम्बर छ का अध्यक्ष विर बहादुर आले मगर, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढा मगर,पत्रकार लगायतको टोलीले क्षतीको विवरण संकलन गरी चोर पत्ता लगाउने जानकारी दिनु भएको छ। ईलाका प्रहरी कार्यालय गढवाको कार्यालय नजीक चोरी हुँदा प्रहरी बेखर हुनु दुखद विषय भएको स्थानीयहरु बताउछन्।
ध्यानाकर्षण पत्र बुझदै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बजार क्षेत्रमा भइरहेको चोरीको घटनाले आफु दुखित भएको बताउदै तत्काल थप सुरक्षा व्यवस्थामा कडाइ गर्ने तर्फ आफुले कुरा गर्ने बताउनु भयो। स्थानीय ब्यापारी/व्यवसायी हरुलाई निर्धक्क भएर व्यापार/व्यवसाय गर्न अनुरोध गर्दै चोरीको घटनालाई आफुले महत्वपूर्ण रुपमा हेरेको बताउनु भयो ।
