
Srbpu
cjs
Pes
Gfs
Lnp
Pbu
Djs
pku
Unsku
Sgr
Ggp
sbs
Rgp
Rgp1

Ssm
Pvg
nsb
Rgs
Rgu
Rsb
Sls
Sbs
Tsm
Gst
Bbu
Wsp
Asm
Ggd
Vor
Hal
Bbbpu
Rgu
Ksm

sab
Rmb
Mks
Jmb
Pls
Syp
Gsb
Rpp
Ptm
Abd
bbt
Jmb
Bml
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले सूचना तथा सञ्चार प्रतिष्ठानको कार्यालय राजधानी स्थल राप्ती उपत्यका देउखुरीमा स्थानान्तरण गर्न निर्देशन दिनुभएको छ ।
प्रतिष्ठानको परिषद् बैठकमा मुख्यमन्त्री गिरीले यथाशक्य कार्यालय सार्न निर्देशन दिनु भएको हो । सरकार र प्रतिष्ठानका बीचमा आपसी सहयोगको आवश्यकता औंल्याउँदै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘प्रतिष्ठान र प्रदेश सरकारको नजिक हुनुपर्दछ । सरकारका कामकारबाहीसँग प्रतिष्ठान जोडिनुपर्दछ । यो कुरालाई आत्मसात गर्दै रुपन्देहीमा रहेको कार्यालयलाई छिटोभन्दा छिटो राजधानी स्थल राप्ती उपत्यकामा स्थानान्तरण गर्नुपर्दछ ।’
लुम्बिनीलाई डिजिटल प्रदेशका रुपमा विकास गर्ने सरकारको तयारी रहेको भन्दै मुख्यमन्त्री गिरीले उक्त तयारीमा जुट्न पनि प्रतिष्ठानलाई निर्देशन दिनुभयो । सरकारले विकाससँगै सुशासनलाई जोडेर लैजाने योजना बनाएको बताउँदै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘लुम्बिनी प्रदेशलाई डिजिटल प्रदेशका रुपमा विकास गर्ने सरकारको योजना छ । सरकारको योजनालाई सार्थक तुल्याउन सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानको भूमिका महत्वपूर्ण हुन्छ । यसतर्फ प्रतिष्ठानले योजना बनाओस् ।’बैठकमा प्रतिष्ठानका सिइओ अनुप बास्कोटाले २ करोड ५० लाखको बजेट र कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । १ करोड ४४ लाखको नियमित बजेट र १ करोड ६ लाखको कार्यालय सञ्चालन खर्चको बजेटलाई बैठकले अनुमोदन गरेको थियो ।
बजेट प्रस्तुत गर्दै सिइओ बास्कोटाले पूर्ववर्ती सरकारका कारण बजेट परिचालन गर्न नपाएको र विगत आठ महिनादेखि कर्मचारीले तलब सुविधा नपाएको बताउनु भएको थियो । उहाँले मुलुकमै पहिलोपल्ट लुम्बिनी प्रदेशमा एकीकृत वेवसाइट सञ्चालनमा ल्याएको भन्दै आफ्नै डि.एन.एस. सिष्टम लागु गरेको बताउनु भएको थियो । प्रतिष्ठानले प्रदेशको डिजिटल प्रणालीको गुरुयोजना तयार पारेको भन्दै सिइओ बास्कोटाले बजेट अभावका कारण योजना अगाडि बढाउन नसकेको बताउनुभयो । ‘प्रतिष्ठानले प्रदेशको डिजिटल प्रणालीको गुरुयोजना बनाएको छ । यसलाई लागु गर्नका लागि बजेट अभाव छ । हामीले प्रदेशका डिजिटल सामग्रीलाई सुरक्षित राख्ने सिष्टमको विकास गरेका छौं । संघीय सरकारका सूचना प्रणाली ह्याक हुँदा हाम्रो प्रदेशका कुनै पनि डिजिटल सामग्री ह्याक हुन पाएनन्’, सिइओ बास्कोटाले भन्नु भयो ।
