
Djs
pku
Pes
Ggp
Rgp
Srbpu
Sgr
sbs
Unsku
Lnp
Gfs
Pbu
Rgp1
cjs

nsb
Bbbpu
Ksm
Tsm
Pvg
Sls
Bbu
Wsp
Ggd
Sbs
Gst
Rgs
Asm
Rsb
Ssm
Hal
Rgu
Vor
Rgu

bbt
Rpp
Rmb
Jmb
Ptm
Abd
Bml
Jmb
Gsb
sab
Syp
Pls
Mks
दाङ । हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान १५ जिल्लामा सुरु भएको छ । आज फागुन ११ गतेदेखि २५ गतेसम्म अभियान सन्चालन हुने छ ।
झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलाली जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सन्चालन भएको हो । दुई वर्ष उमेर पूरा गरेका सबैले यो औषधि खानुपर्छ । तर दुई वर्ष नपुगेका बालबालिका,गर्भवती, ७ दिनसम्मका सुत्केरी र सिकिस्त भई ओछ्यान परेका बिरामीहरुले भने हात्तीपाइले रोग विरुद्धको औषधि खान नहुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै तालिम प्राप्त स्वास्थ्यकर्मीले वडा कार्यालय, स्वास्थ्य संस्था,सामुदायिक भवन,विद्यालय, सहकारी,धार्मिकस्थल आदिमा बुथ राख औषधि खुवाउने भएकाले आफूलाई पायक पर्ने स्थानमा गएर औषधि खान मन्त्रालयले अनुरोध गरेको छ । औषधि सेवनले हाम्रो शरीरमा हात्तीपाइले रोगको परजीवि भए नस्ट गर्ने र हात्तीपाइले रोगबाट बचाउने स्वास्थ्यकर्मीको भनाइ छ । लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोग लागेमा खुट्टा, स्तन र अण्डकोष सुन्निन्छ र मानिसको ज्यान पनि जानसक्छ ।
