
Rgp1
Ggp
Unsku
Rgp
Djs
Lnp
Sgr
cjs
pku
sbs
Pbu
Pes
Gfs
Srbpu

Ksm
Tsm
Pvg
Sbs
Asm
Rgu
Wsp
Gst
Bbu
Hal
Rgs
Ssm
nsb
Ggd
Rgu
Sls
Vor
Rsb
Bbbpu

Syp
Jmb
Ptm
Bml
Gsb
Rpp
bbt
Abd
Pls
Mks
sab
Jmb
Rmb
दाङ । राप्ती गाउँपालिका १ भालुवाङ स्थित राप्ती सामुदायिक वनमा करिब २ महिना अगाडि सालका रुख ढाली काठ ओसारप्रसार गर्ने तस्करहरुलाई कानूनी कारवाही नगरी उन्मुक्ति दिने उपभोक्ता समितिका केही जिम्मेवार पदाधिकारी र डिभिजन वन कार्यालय लमहीद्वारा उन्मुक्ति दिने प्रयास भइरहेको बुझिएको छ ।
काठ तस्करहरुले मध्यरातमै जंगलमा बसेर काचा सालका ११ थान हरिय रुख ढाली पेट्रोलबाट चल्ने आरा र अन्य औजार प्रयोग गरी नजिकै प्युठान सडकबाट ओसारप्रसर गरेको अवस्थामा घाँस दाउरा काट्न गएका उपभोक्ताहरुले फेला परेका थिए। तस्करहरुले एउटा मोबाइल रिचार्ज कार्ड घटना स्थलमा छोडेको र ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरीहरुले सोही रिचार्ज कार्डको अनुसन्धानबाट राप्ती गाउँपालिका वडा नम्बर ९ का नौं जना उक्त तस्करीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी जिल्ला वन कार्यालय दाङमा बुझाएको भनेपनि ति मध्य दुई जनाको मात्रै नाम सार्वजनिक गरी अनुसन्धान भइरहेको वन कार्यालयले जानाकारी गराएको थियो ।
त्यस्तै यस घटनाका बारेमा समुहका अध्यक्ष खिमविक्रम शाह र केही जिम्मेवार पदाधिकारी र वन कार्यालयका जिम्मेवार कर्मचारीको मिलोमतोमा उक्त काठ तस्करीमा संलग्नहरुलाई कारवाही प्रक्रिया अगाडि नबढाएकोमा स्थानीय उपभोक्ताहरुमा व्यापक असन्तुष्टी सृजना भएको छ । अध्यक्ष शाह र कर्मचारीको मिलोमतोमा वार्षिक उपभोक्ता खपत पैमईस भन्दै कटान आदेश समेत दिएका छन् । यसरी काठ तस्करी नियन्त्रण गर्नुको साटो उल्टै कटान संकलन दिनु चुरे क्षेत्रको वन फडानीमा समुहका जिम्मेवार पदाधिकारी र वन कार्यालय नै संलग्न रहेको स्पष्ट भएको छ ।
