
pku
Pbu
Rgp1
Lnp
Ggp
Pes
Rgp
cjs
Sgr
Unsku
Djs
Gfs
Srbpu
sbs

Vor
Rsb
Rgu
Gst
Sls
Pvg
Ggd
Bbu
Asm
Tsm
Rgu
Hal
Ksm
Sbs
Rgs
nsb
Ssm
Wsp
Bbbpu

Mks
Rpp
Abd
Rmb
sab
Ptm
Bml
Jmb
Jmb
bbt
Pls
Gsb
Syp
दाङ । नेपाल रेडक्रस सोसाइटी दाङ शाखाको सभापतिमा मदन गौतम चयन भएका छन् । शाखाको मंगलबार लमहीमा भएको ३९ औँ अधिवेशनबाट सभापतिमा गौतम निर्विरोध चयन भएका हुन् ।
अधिवेशनले सभापतिसहित छ पदमा सर्वसम्मत नेतृत्व चयन गरेको छ भने बाँकी पद निर्वाचनबाट चयन गरिएको छ । जस अन्तर्गत समितिको महिला उपसभापति, मन्त्री, कोषाध्यक्ष, उप–मन्त्री र उप–कोषाध्यक्ष पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
त्यस्तै समितिको महिला उपसभापतिमा भगवती शर्मा,मन्त्रीमा प्रकाश श्रीबन्ध,कोषाध्यक्षमा कुशल तर्ताल,उप-मन्त्रीमा बिमल केसी,उप-कोषाध्यक्षमा दोर्णबहादुर वली सर्वसम्मत चयन भएका छन् ।
उपसभापतिमा सर्वसम्मत हुन नसकेपछि भएको निर्वाचनमा हरिहर पौडेल ४७ मतका साथ निर्वाचित भएका छन् । उनका निकटतम प्रतिष्पर्धी ज्ञानप्रसाद आइतबारेले ३२ मत ल्याएका थिए । समिति खुल्ला सदस्यमा प्रमोद पौडेलले ५८ मत ल्याएर निर्वाचित भएका छन् । यस्तै भिमलाल मरासीनीले ४२ मत ल्याएर निर्वाचित भएका छन् ।
यस्तै मिनराज शर्माले ४३, बंशीकुमार शर्माले ३७ , थानेश्वर गैरेले ४९ , थम्मन चौधरीले ५५ र मदन धितालले ४६ मत ल्याएर खुल्ला सदस्यमा निर्वाचित भएका छन् । यस्तै शुष्मा भण्डारीले ४८, पुष्पा यादवले ३६, सीमा न्यौपानले ४२ मत ल्याएर महिला सदस्यमा निर्वाचित भएका छन् ।
