तुलबहादुर कवँर मगर बुधबार, फाल्गुण १०, २०७९

दाङ । नेकपा (माओवादी केन्द्र) राप्ती गाउँपालिकाकाे आयोजनामा मंगलबार वडा नम्बर २ काे लालमटियामा बैचारिक-राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।

पार्टीको दुई महिने संगठन सुदृढीकरण अभियान अन्तर्गत दाङ जिल्लामा प्रशिक्षण तथा संगठन सुदृढीकरण शुरू गरिएकाे हाे । साे प्रशिक्षण कार्यक्रमलाई पार्टी स्थायी कमिटी सदस्य कुलप्रसाद केसी, केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्य, केन्द्रीय सदस्य इन्द्रजित थारू, केन्द्रीय अनुशासन आयाेगका सदस्य लुमबहादुर कार्की ,लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्ण अधिकारी ,राप्ती गाउँपालिका इन्चार्ज चित्र बहादुर थापा मगर लगायतका नेताहरूले कार्यक्रममा सहभागी स्थानीय नेता कार्यकर्ताहरुलाई प्रशिक्षित गर्नु भएको थियोे ।

कार्यक्रममा पार्टीका विभिन्न तहका नेताकार्यकर्ता तथा जनवर्गीय संगठनका अध्यक्षहरुले आ आफ्नो क्षेत्रका बारेमा रिपोर्टिङ गरेका थिए। माओवादीले केन्द्रीय परिपत्र अनुरूप जिल्लाका १० ओटै पालिकामा संगठन सुदृढीकरणका लागि प्रशिक्षण, भेला लगायतका कार्यक्रम तय गरेकाे छ ।

याे अभियानले पार्टीलाई जनस्तरमा थप मजबुत बनाउने जिल्ला इञ्चार्ज आचार्यले बताउनुभयाे । “हामीले प्रशिक्षणका साथै जनताका दैनिक जीवनमा आइपर्ने समस्या समाधानका लागि उचित पहल गर्ने छाैं,” उहाँले भन्नुभयाे, “हाम्रो नेतृत्व रहेकाे अहिलेकाे सरकारबाट जनजिविकाकाे सवालमा केके काम गर्न सकिन्छ भनेर जनतासँग अन्तर्क्रिया गर्छाैं ।”

कार्यक्रम राप्ती गाउँपालिका पार्टीका कार्यवाहक अध्यक्ष नारायण प्रसाद शर्माकाे अध्यक्षता तथा सह सचिव बसन्त नेपालीकाे स्वागत मन्तव्य र सचिव तुला गिरीकाे सञ्चालनमा सम्पन्न भएको थियोे।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]