
Gfs
sbs
Rgp
Pbu
Srbpu
Ggp
Pes
Rgp1
pku
Sgr
Djs
Lnp
cjs
Unsku

Tsm
Ggd
Sbs
Asm
Gst
Hal
Rgs
Ksm
Ssm
Wsp
Pvg
Sls
Bbu
Vor
nsb
Rgu
Bbbpu
Rgu
Rsb

Abd
Pls
Jmb
Ptm
sab
Mks
Rmb
Jmb
Bml
Rpp
bbt
Gsb
Syp
दाङ । निर्माण कार्यकाे जिम्मेवारी लिएर लामाे समय सडक निर्माण कार्य नसकेर लथालिङ्ग पार्दा नागरिकले अनाहक दुख पाएकाे भन्दै निर्माणकार्य चाँडो सम्पन्न गर्न दवाव दिन स्थानीयले सडक डिभिजन कार्यालय दाङकाे मुल गेटमा तालाबन्दी गरेका छन् ।
वि.स.२०७० सालदेखि निर्माण थालनी गरेर अहिलेसम्म पनि सडक निर्माणकाे काम सम्पन्न नगरी ठेकेदार कम्पनी वेपत्ता हुँदा पनि सडक डिभिजन कार्यालयले चासाे नलिएर नागरिकलाई दुख दिएकाे भन्दै दवाव स्वरुप आज कार्यालय समयमा सडक डिभिजन कार्यालय पुगेर मुल गेटमा तालाबन्दी गरेर कार्यालय प्रमुखसहित कर्मचारीलाई कार्यालय प्रवेशमा राेक लगाएका हुन् ।
कटुवाखाेला तुलसीपुरकाे चाेक सडक पटक पटक म्याद भएर पनि काम नगर्ने ठेक्दारलाई म्याद गुज्रिएको लामाे समय भई सक्दा पनि कारवाही नगर्ने, काम पनि नगर्ने अवस्थाकाे अन्त्य गर्दै अबिलम्ब सडक निर्माण र मर्मत कार्य अघि बढाउन दवाद दिईएकाे छ ।
घाेराहीस्थित सिद्धार्थ गाैतमनगर टाेल विकास संस्था, बयलडाँडा चाैतारी क्लवकाे नेतृत्वमा गएकाे दवाव समुहमा दाङ जिल्ला उद्योग वाणिज्य संघ, नागरिक समाज, स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय नागरिककाे उपस्थिति रहेकाे थियाे । यस अघि पनि सडक कार्यालयमा प्रमुखलाई भेट गरि समस्याकाे बारेमा जानकारी गराएकाे तर कामले सार्थकता नपाए पछि बाध्य भएर सडकमा उत्रिनु परेकाे सिद्धार्थ गाैतमनगर टाेलका अध्यक्ष चित्रकान्त आचार्यले बताउनुभयो ।
यसप्रकारकाे दवावकाे सुनुवाइ नभए आगामि दिनमा कडा आन्दोलन गर्न बाध्य हुने स्थानीयकाे चेतावनी छ । घाेराही तुलसीपुर चारलेन सडक निर्माणकाे नाममा भएको ढिलासुस्तीका कारण २५ बढीको ज्यान गएकाे, कैयौं घाइते भएको तथा परिवारमा बिचल्ली भएको अवस्थामा पनि राज्य माैन बसेकाे हुँदा अब नागरिक अब चुप लागेर नबस्ने उनीहरुकाे भनाई रहेकाे छ ।
अस्तव्यस्त लथालिङ्ग फाेरलेन सडकसहित निर्माणाधीन सडकहरु समयमै निर्माण गर्न दवाव स्वरूप धर्ना कार्यक्रममा नागरिक समाज दाङका संयाेजक केबी मसाल,दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी,स्थानीय टाेलका अध्यक्ष शिव शंकर देवकाेटा लगायतले अब जनतालाई याे वा त्याे बहाना देखाएर अल्मलाउन नमिल्ने भन्दै जनताकाे करबाट बन्ने हरेक काम समयमै सम्पन्न गर्न चेतावनी दिनु भयाे ।
घाेराहीकाे कटुवाखाेलादेखि तुलसीपुर चाेकसम्मकाे सडक अहिलेसम्म निर्माण सम्पन्न नहुँदा ट्राफिक चाेक सँधैकाे घुलाम्य हुँदा स्थानीयलाई बस्ने, व्यवसाय गर्ने वातावरण नभएकाले नागरिकको स्वास्थ्यमा खेलवाड नगर्न पनि सचेत गराईएकाे छ । विराेध सभापछि १० बजे मुलगेटमा तालाबन्दी गर्ने समयमा प्रहरीले अवराेध गर्न खाेजेपछि विराेधकर्ताले नाराबाजी गरेका थिए । दवावमुलक कार्यक्रमकाे सहजीकरण बयलडाँडा चाैतारी क्लवका अध्यक्ष नारायणप्रसाद भुसालले गर्नु भएको थियाे ।
