Sidha Patra सोमबार, फाल्गुण ०८, २०७९

दाङ । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

जनता समाजवादी पार्टी संसदीय दलका नेता अहिर मुख्यमन्त्री लिला गिरीको सिफारिसमा आइतबार कृषि तथा भूमि व्यवस्था मन्त्रीमा नियुक्त भएका थिए । बाँकेका अहिरलाई सोमबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले सपथ दिलाएका हुन् । यसअघि माघ २८ गते नेकपा एमालेबाट कृषि तथा भूमि व्यवस्थामन्त्री नियुक्त तुल्सीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने जिम्मेवारी दिइएको छ ।

त्यस्तै मन्त्री शर्मा भने त्यस बेला शपथ ग्रहण समारोहमा उपस्थित भएका थिएनन् । अहिरको नियुक्तिसँगै प्रदेश सरकारमा ११ जना मन्त्री पुगेका छन् । नयाँ सरकारले यसअघि कायम १३ वटा मन्त्रालय घटाएर १० वटा बनाउने निर्णय गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]