
Jsbr-3
Pbu
Gsbr-6
Rksr-7
ksbl-7
Gsbg-3
Csbg-7
Jsbg-7
Usbl-7
Msbg-2


दाङ । जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश सरकारमा सहभागी भएको छ । जसपा भण्डारी लाल अहिरको नेतृत्वमा लुम्बिनी सरकारमा सहभागी भएको हो ।
मुख्यमन्त्री लिला गिरीले मन्त्रिपरिषद् विस्तार गर्दै जसपा संसदीय दलका नेता भण्डारी लाल अहिरलाई मन्त्री नियुक्त गर्नु भएको हो ।
भण्डारीलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि उक्त मन्त्रालयको जिम्मेवारी पाएका एमालेका तुलसीराम शर्माले भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने नयाँ जिम्मेवारी पाउनु भएको छ ।
त्यस्तै नवनियुक्त मन्त्री अहिरले आज बिहान ११ बजे बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।
