Sidha Patra शुक्रबार, फाल्गुण ०५, २०७९

दाङ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रदिप सीले वित्तीय क्षेत्रको चर्को शोषण विरुद्ध संघर्षको नेतृत्व अब नेकपाले गर्ने बताउनुभएको छ ।आज नेकपा पश्चिम दाङ जिल्ला समितिको आयोजनामा आयोजित चर्को बैंक ब्याजदर , लघुबित्त संस्थाको ज्यादती र मिटरव्याजका विरुद्ध आयोजित बिरोध प्रदर्शनपछिको सभालाइ सम्बोधन गर्दै नेता प्रदिपले उक्त कुरा वताउनुभएको हो ।

नेकपा पश्चिम दाङका इन्चार्ज समेत रहनुभएका नेता प्रदिपले सभालाइ सम्बोधन गर्दै भन्नुभयो – ‘ बैंकको चर्को ब्याजले राष्ट्रिय उधमी ,व्यवसायीहरु प्रताडित भएका छन् । तराईमा लघुबित्त संस्थाहरुले लुटपाट मच्चाइरहेका छन् । दिनानुदिन लघुबित्तका कारणले नगरिकहरु आत्महत्या गर्न बाध्य भएका छन् । मिटरव्याजका कारणले जनताहरु मर्न बाध्य पारिएका छन् । राज्यले सबै बित्तीय क्षेत्रको लुटपाटको संरक्षण गरिरहेको छ तर अब नेकपाले वित्तीय क्षेत्रको चर्को शोषण विरुद्ध संघर्षको नेतृत्व गर्छ । हाम्रो पार्टीले अब वित्तीय क्षेत्रमा लुटपाट मच्चाउने फटाहाहरुलाई कारवाही गर्छौं ।’नेपालमा सबै क्षेत्रमा देखिएका तमाम समस्याहरु यो दलाल पुजीवादी व्यवस्थाको कारणले पैदा भएको हो । उहाँले थप्नुभयो , ‘हामी नेपालमा यो दलाल पुजीवादी व्यवस्थाको अन्त्य चाहान्छौ । हामी राजनितीक निकासका लागि तयार छौँ । यो व्यवस्था झनपछी झन संकटग्रस्त बन्दै छ । हामी र हाम्रो पार्टीले यसको विकल्पमा वैज्ञानिक समाजवादको कुरा गरेका छौँ । वैज्ञानिक समाजवादले मात्रै देशका सबैखाले समस्याको समाधान दिन्छ ।’ नेता प्रदिपले बित्तीय क्षेत्रको शोषणको संरक्षण नगर्न सरकारलाई चेतावनी समेत दिनुभएको थियो ।

बिरोध प्रदर्शनपछिको सभामा बोल्दै नेकपाका केन्द्रीय प्रतिनिधि समितीका सदस्य विकाश सीले अब सबै प्रकारका बित्तिय संस्थाहरु समाजवादी जनसत्ताको कार्यालय दर्ता गरि जनसत्ताको नीति , नियम , विधि र पद्धतिभित्र रहेर संचालन हुनुपर्ने बताउनुभएको हो । नेता विकाशले भन्नुभयो – ‘ जनयुद्धमा लुटेरा वित्तीय संस्थाहरुलाइ लखेटेको यति छिट्टै भुल्न हुँदैन । हामी चेतावनी दिन चाहान्छौ नागरिकलाई आत्महत्या गर्न बाध्य बनाउने थुप्रै बित्तीय संस्थाहरुको लिस्टेड गरिरहेका छौँ अब कारवाही सुरु हुन्छ । यो नालायक राज्यले वित्तीय क्षेत्रको चरम शोषणलाई संरक्षण गरेपनी हाम्रो पार्टीले जिउँदै नागरिकलाई आत्मदाह गर्न बाध्य बनाउने लुटेराहरुलाइ जीउँदै सडकमा घिसार्ने छ । बैंकहरुले ब्याजदर एक अङ्कमा कायम गर्नैपर्छ अन्यथा चर्को ब्याजदर थोपरेर बसेका मालिकहरुलाइ पनि सडकमा घिसारिने छ ।’

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय प्रतिनिधि समितिका सदस्य तथा पश्चिम दाङका सेक्रेटरी निर्मल सीले यौन व्यवसाय गरेर भएपनी किस्ता तिर भनेर दिनानुदिन गाउँगाउँमा महिलाहरुलाइ तनाव दिइरहेका लघुबित्तहरुलाइ अब पार्टीले कारवाही गर्ने बताउनुभएको हो । नेता निर्मलले वित्तीय संस्थाहरुको यो लुटपाट टुलुटुलु हेरेर नेकपा नबस्ने समेत स्पष्ट पार्नुभएको थियो ।तुलसीपुरको बसपार्कबाट सुरु भएको बिरोध प्रदर्शन बिरेन्द्र चोक,बाहिनी चोक,जेसिज चोक हुदै बिपि चोकमा पुगेर सभामा परिणत भएको थियो । हजारौं प्रदर्शनकारीहरुले वित्तीय क्षेत्रको चर्को शोषण अन्त्य गर, राष्ट्रिय उद्योगी र व्यापारिलाई राहत दे, मिटर व्याजीलाई कार्बाही गर, लघुवित्त संस्थाको ज्यादती अन्त्य गर, ऋणिहरुको अवस्था छानबिन गर, पीडित जनताको व्याज मिनाहा गर , एक अङ्कको ब्याजदर लागू गर, दलाल पूंजीवादी ब्यवस्था मुर्दावाद , वैज्ञानिक समाजवाद जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद लगायतका नारा जुलुस सहित बजार परिक्रमा गरेका थिए ।

त्यस्तै बिरोध प्रदर्शनपछिको सभाको संचालन गणतान्त्रिक खेलकुद महासंघ लुम्बिनी प्रदेशका इन्चार्ज रुद्र सीले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]