
Gfs
pku
Djs
Unsku
Pbu
Lnp
Rgp
Ggp
Srbpu
cjs
Ses
Sgr
Rgp1
Pes

Rsb
Ssm
Asm
Vor
Ksm
Bbbpu
Rgu
Hal
Gst
Pvg
Bbu
Tsm
Ggd
nsb
Wsp
Sls
Sbs
Rgs
Rgu

bbt
Abd
Bml
Jmb
Mks
Pls
Syp
Ptm
Rpp
Jmb
sab
Gsb
Rmb
आश्विन ७ गते,बुधबार-दाङ । देउखुरीको सुर्य सामुदायिक वन उपभोक्ता समूह मलमलामा ठुलो बदमासी भएको रहस्य खुलेको छ । गढवा गाउँपालिका वार्ड नम्बर १ मलमला स्थित उक्त सामुदायिक वनको क्षेत्रभित्र केहीदिन पहिले तीन वटा साल प्रजातिको रुख कटान गरिएको रहस्य खुलेको हो ।
सामुदायिक वन उपभोक्ता समूहको मिलोमतोमा वन माफियाहरुले कारोना महामारी तथा लकडाउनको मौका छोपी गत भदौ ६ गते उक्त सालको रुख वन समूहको कार्यालय नजिकैबाट तीन वटा सालको रुख कटान गरी चोरी निकासी भएको कालाकाटे सव—डिभिजन वन कार्यालय कालाकाटेका प्रमुख तथा सहायक वन अधिकृत सुजन धिमालले जानकारी दिएका छन् । रुख कटान गरिएको स्थानबाट २७।०४ क्युफिट रहेको ५ थान, सालको गोलिया समेत बरामद गरिएको सहायक वन अधिकृत धिमालले जानकारी दिए । रुख कटान गरिएको स्थान उक्त सामूदायिक वन उपभोक्ता समूहको कार्यालय देखि ठीक दक्षिण तर्फ तथा कालाकाटे—गढवा सडक खण्ड देखि करिब ७० मिटर दक्षिण फायर लाइनको दायाँ—बायाँबाट तीन वटा हरियो सालको रुख कटान भएको सहायक वन अधिकृत धिमालले जानकारी दिए । भदौ ६ गते रुख कटान तथा चोरी भएको भएता पनि वन कार्यालयलाई भने भदौ १२ गते मात्र जानकारी प्राप्त भएको धिमालले बताए । जानकारी पाए लगत्तै आफू सहितको टोली रुख कटान गरिएको स्थानमा गई आवश्यक सोधपुछ गर्ने र मुजुल्का तयार पार्ने काम गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको सहायक वन अधिकृत धिमालले बताए । रुख कटानको बिषयमा सामुदायिक वन संग दुई पटक लिखित रुपमा स्पष्टिकरण लिने काम भएको छ ।
पहिलो पटक भदौ १२ गते आवश्यक जानकारी सहित स्पष्टिकरण सोधिएकोमा चित्त बुझ्दो जवाफ नआए पछि पुन ः भदौ १७ गते आर्को पटक लिखित रुपमै स्पष्टिकरण सहित आवश्यक जानकारी माग गरिएकोमा अहिले सम्म कुनै जानकारी प्राप्त नभएको सहायक वन अधिकृत धिमालले जानकारी दिनु भएको हो । यसरी सामुदायिक वनले रुख कटानको बिषयमा अनुसन्धानका लागि असहयोग गरेमा वा चित्त बुझ्दो जवाफ नदिएमा आवश्यक कावार्ही प्रकृया अगाडि बढाइने धिमालले बताउनु भयो । रुख कटान भएको ६ दिन पछि मात्र सामुदायिक वनका अध्यक्ष सुर्यबहादुर श्रेष्ठले आफूहरुलाई सुचना दिएको र कटान गरी घटनास्थलमा छोडिएको रुख अध्यक्ष श्रेष्ठले आफ्नै तरिकाले मनोमानी ढंगबाट काठ बरामद गरी वन समूहको कार्यालय पछाडि ल्याएर राखेको सहायक वन अधिकृत धिमालले बताए । जब की कुनै पनि अबैध वनपैदावार कटान, चोरीनिकासी गर्दा बरामद भएको वनपैदावारको मुजुल्का तयार गर्न वन कार्यालयलाई जानकारी दिनु पर्छ । अनि वन कार्यालयका कर्मचारी, सम्बधित सामुदायिक वनका अध्यक्ष, जनप्रतिनिधि, वन समूहका पदाधिकारी, उपभोक्ताहरुको रोहबरमा मात्र मुजुल्का तयार गर्ने गरिन्छ । तर यहाँ त अध्यक्ष श्रेष्ठले आफू खुसी मुजुल्का समेत तयार नगरी काठ बरामद गरेर वनबाट ल्याई कार्यालय पछाडि राखेर सुरक्षित गरेका छौं भन्नु कहाँ सम्मको गैरकानुनी काम हो रु सहायक वन अधिकृत धिमालले भन्नु भयो ।
उपभोक्ताहरुको भनाई के छ त :
यता रुख कटान गरिएको बिषयलाई रहस्यमै तरिकाले लिइएको छ । रुख कटान गरिएको स्थान देखि ७० मिटर उत्तर तर्फ सामुदायिक वनको कार्यालय र गढवा गाउँपालिकाको १ नम्बर वडा कार्यालय रहेको छ । कार्यालय देखि त्यति नजिक सालको रुख कटान हुँदा समेत सम्बन्धित सामुदायिक वन समूह र वडा कार्यालयले पत्ता नपाउनुलाई रहस्यमै तरिकाले हेरिएको छ । उक्त सामुदायिक वन समूहका उपभोक्ताहरुले भने वन समूहका अध्यक्ष सुर्यबहादुर श्रेष्ठको मिलोमतमा सालको रुख कटान गरिएको आरोप लगाएका छन् । वन समूहको मिलोमतो बिना यसरी वन कार्यालयकै अगाडिबाट त्यति ठुलो परिमाणमा कसैले पनि रुख कटान गर्ने सक्दैन सो सामुदायिक वनका उपभोक्ता कृष्णप्रसाद परियारले भने । वन समूहको मिलोमतो बिना रुख कटान हुर्नै नसक्ने आर्का उपभोक्ता चिन्ताबहादुर कुमालले जानकारी दिए । वन समूहको आड नपाइकन कसैले पनि यसरी रुख काट्नै सक्दैनन् कुमालले भने । हामीले बरु खाना पकाउनका लागि दाउरा पाएका छैनौं तर ठुलाबडा भन्नेहरुबाट यसरी गैरकानुनी तरिकाले रुख कटान गरेर लगिरहेका छन् । रुख काट्ने, ओसार पसार गर्ने र रुख कटानमा संलग्न सबैलाई तत्काल पक्राउ गरी कानुनी कार्वाही हुनुपर्यो, उपभोक्ताहरुको माग गरेका छन् ।
सामुदायिक वन समूहका अध्यक्ष श्रेष्ठले के भन्छन् त :
यता सुर्य सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुर्यबहादुर श्रेष्ठले भने सालको रुख कटानमा आफ्नो कुनै प्रकारको संलग्नता र मिलोमतो नरहेको बताउनु भएको छ । “यो सब मलाई फसाउन र बदनाम गर्नका लागि लगाइएका झुठो आरोप मात्र हो । मैले र मेरो कार्य समितिले कहीकतै कसैलाई पनि सालको रुख कटान गर्न अनुमति दिएका छैनौं । त्यो सालको रुख कसरी, कसले काट्यो मलाई थाहा छैन । कोरोना महामारीका कारण लकडाउन भएकोले म मेरो घर भालुवाङमा नै थिएँ । कोरोना महामारीका कारणले सरकाले सबैलाई घरमै बस्न भनेकोले म पनि घरमै बसीरहेको थिएँ । यता लकडाउन र तीज पर्वको मौका पारेर बदमासहरुले हाम्रो सामुदायिक वनबाट सालको तीनवटा रुख काटेका रहेछन् । मलाई हाम्रो सामुदायिक वनका चोकीदारले भदौ ७ भनेपछि बल्ल थाहा पाए । अनि म तुरुन्तै सामुदायिक वनमा गएर कार्य समितीका अन्य सदस्यहरुलाई पनि बोलाएर कटान गरी छोडिएको रुख बरामद गरी कार्यालयमा ल्याएर सुरक्षित राखेका हौं । त्यसपछि त्यो दिन कार्य समितिको बैठक बस्ने अवस्था नरहेपछि हामी भदौ ८ गते बैठकबसी आवश्यक निर्णय गरी रुख कटान गर्ने व्यक्तिको खोजी कार्य अगाडि बढाउनुका साथै कालाकाटे सव—डिभिजन वन कार्यालय कालाकाटेलाई लिखित रुपमा जानकारी दिएका हौँ ।” अध्यक्ष श्रेष्ठले भन्नु भयो । यदि रुख कटानमा मेरो संलग्नता वा मिलोमतो भएमा म जस्तो सुकै कावार्ही भोग्न तयार छु श्रेष्ठले भन्नु भयो । मैले त वन समूहको अध्यक्षको हैषियतले एउटा जिम्मेवारी पुरा गरेको हो । म माथि जे जति आरोप लगाइएको छ ती सबै गलत हुन् अध्यक्ष श्रेष्ठले भन्नु भएको छ ।

