
Pbu
Jsbr-3
Jsbg-7
Msbg-2
Csbg-7
Gsbr-6
Rksr-7
Gsbg-3
Usbl-7
ksbl-7


काठमाडौं । नवनियुक्त तीन जना कुलपतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपतिमा नारदमणी हार्तम्छालीले आज बिहान शपथ ग्रहण गरेका हुन् ।
उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारस्थित निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गराए । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले उनीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामनासमेत दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यस्तै शपथग्रहण कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको पनि उपस्थिति थियो ।
