
Jsbr-3
Gsbg-3
Usbl-7
ksbl-7
Gsbr-6
Msbg-2
Rksr-7
Pbu
Csbg-7
Jsbg-7


दाङ । नेपालकै प्रथम शहिद क्याप्टेन लखन थापा मगरको १४६ औं स्मृति तथा पुर्णकदको शालिक मंगलबार घोराहीको लखन पार्कमा अनावरण भएको छ ।
नेपाल मगर संघ दाङ जिल्ला समन्वय समितिको आयोजनामा निर्माण गरिएको उक्त शालिकको लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले अनावरण गर्नु भएको हो ।
शालिक अनावरण कार्यक्रममा शुभकामना दिदै मुख्यमन्त्री गिरीले नेपालका प्रथम सहिद लखन थापा मगरको बलिदानी पूर्ण त्याग र जनअधिकार स्थापनाका लागि गरेको कठिन संघर्ष प्रतिको सम्मान सबैले गर्नु पर्ने दायित्व रहेको साथै लोकतन्त्र र न्यायप्रेमी सम्पूर्ण नेपाली जनताहरुको गौरवको विषय रहेको बताउनु भयो । त्यस्तै मुख्य मन्त्री गिरीले नेपाल मगर संघको हर काम कार्यहरुप्रति सधैब सहयोगको लागि आफू तत्परता रहने बताउनु भएको छ ।
त्यस्तै सहिद लखन थापाको विषयमा मङगोल नेशनल अर्गनाइजेसन लुम्बिनी प्रदेशका सदस्य घनश्याम चौधरीले हाम्रै बङ्स्जको कारण के ? कति पय मङगोलहरुलाई थाहा छैन । सेतो तिका लगाई राख्दा हाम्रो आमाको दुधको टीका भनेर अगाडि बढनु पर्द्छ भनेर मेयर उपमेरलाई सुझाब दिनु भएको थियो । त्यस्तै नेकपा माओवादी निर्मल आचार्य इतिहासमा राजा महाराजाको मात्र पढिन्थ्यो तर १० बर्ष पछि मात्र निमुखाहरुको सुनाई भयो अजै स्थानीय,प्रदेश र केन्द्रिय स्तरमा समेत मान्यता दिनु पर्दछ । यो शहिद राज्यको हुन्छ भन्ने भनाई राखनु भएको थियो ।
सहिद लखन थापा मगरको अर्धकदको पुरानो शालिकलाई प्रतिस्थापन गरी ६ फिटको पुर्ण कदको ढलौट शालिक निर्माण गर्नका लागि लुम्बिनी प्रदेश प्रर्यटन डिभिजन कार्यालयबाट १५ लाख,घोरही उपमहानगरपालिकाबाट २ लाख,घोरही उपमहानगरपालिका वडा नम्बर १४ को वडा कार्यालयबाट १ लाख ५० हजार विभिन्न सहयोगी दाताहरुबाट आर्थिक सहयोग स्वरुप ४ लाख २९ हजार ६ सय ८ रुपैया गरी जम्मा १८ लाख ९२ हजार ६ सय ८ रुपैया लागत खर्चमा शालिक निर्माण,पानी फोहरा निर्माण तथा पार्कको विभिन्न मर्मत सम्भार सहित सहिद थापा मगरको शालिक अनावरण गरिएको शालिक निर्माण समितिका संयोजक खलु प्रसाद पुन मगरले जानकारी दिनु भयो । उक्त शालिक याङ्सी आर्ट स्टीडियो काठमाडौंले निर्माण गरेको हो ।
नेपाल मगर संघ दाङ जिल्ला समन्वय समितिका वरिष्ठ उपाध्यक्ष मुक्त बुढा मगरको स्वागत मन्तब्यबाट सुरु भएको लखन थापा मगर स्मृति दिवस तथा शालिक अनावरण कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद राजु खनाल,नेपाल मगर संघ केन्द्रिय उपाध्यक्ष दर्जित रोका मगर,घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरी,घोराही १४ का वडाका अध्यक्ष भान सिं बुढा मगर, नेपाल मगर संघ केन्द्रिय उपमहासचिब सावित्रा राना मगर, नेपाल मगर संघ केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज सितलाल पुन मगर,नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र दाङ जिल्ला इन्चार्ज निर्मल आचार्य, नेकपा एमाले दाङ जिल्ला अध्यक्ष हुकुम बस्नेत लगायतले शुभकामना सहित सहिद लखन थापा मगरको त्याग र योगदानको चर्चा गर्दै राज्यले उहाँ प्रतिको दायित्व बोध गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
लखन थापा हामी सबैको साझा हो मगरको मात्र होईन निरङकुश शासन कालमा सहिद हुनु भएको हो त्यसैले सबै नेपालिको सम्पतिको रुपमा मान्नु पर्छ । लखन थापा दिबस मगरले मत्र नभएर सबै स्थानीय तहदेखि राष्ट्रिय तहले आयोजना गरेर मनाउनु पर्छ सहिद कसैको ब्याक्तिगत होईन भन्ने धारणा कार्यक्रममा बोल्ने बताहरुले राख्नु भएको थियो ।
उक्त शालिक निर्माणमा आर्थिक रुपले ५,००० देखि माथि सहयोग गर्ने सहयोगी दाताहरुको नाम शिलापत्रमा रहने गरि प्रमाण पत्रले सम्मान गरिएको थियो । लखन थापाको शालिक अनावरण पछि विभिन्न झाकी र मौलिक नृत्यहरु जोडिएको थियो उक्त कार्यक्रम फागुन २ गते जहाँ जहाँनिय राणा शासनले ह्त्या गरिएको दिन हो र शालिक पुर्णता बल्ल बल्ल पाएको अबस्था संगसंगै लखन थापा सहिद घोषणा मात्र होईन नेपाल् सरकारले एक दिन बिदा दिनु पर्छ बनाईहरु राख्नु भएका थिए ।
नेपाल मगर संघ दाङ जिल्ला अध्यक्ष डिल्ली घर्ति मगरको अध्यक्षता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री
लिला गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त
कार्यक्रमको सहजिकरण नेपाल मगर संघ दाङ जिल्ला समन्वय समितिका सह-सचिव नरेन्द्र बुढा मगर (बलु) ले गर्नु भएको थियो ।
