
Sgr
sbs
Djs
Srbpu
Pbu
Lnp
Rgp1
pku
Gfs
cjs
Rgp
Pes
Ggp
Unsku

Rgu
Sbs
Vor
Asm
Wsp
Bbu
Ksm
Tsm
Bbbpu
nsb
Ssm
Ggd
Hal
Rgu
Rsb
Gst
Sls
Pvg
Rgs

Ptm
Pls
Gsb
Rpp
bbt
Rmb
Syp
Jmb
Abd
Bml
Mks
sab
Jmb
माघ -२९,दाङ । देउखुरीको राजपुर गाउँपालिकाको दोस्रो गाउँ सभा तथा दोस्रो हिउँदे अधिवेशन आइतबार गाउँपालिकाको सभा हलमा सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षमा सम्पन्न भएको सभा तथा अधिवेशनमा अध्यक्ष बुढाथोकीले २०७९/०८० को अर्धवार्षिक प्रगति विवरण एवं हालसम्म भएका महत्त्वपूर्ण गतिविधिको समिक्षात्मक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
त्यस्तै उक्त प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष बुढाथोकीले सभामा उपस्थित सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरुलाई राजपुर गाउँपालिकाको समग्र विकास निर्माणको कार्यमा आ-आफ्नो स्थानबाट कुनैपनि व्यक्तिको आग्रह र पुर्वाग्रहीमा काम नगर्न आग्रह गर्नु भएको छ ।
पछिल्लो समयमा आफुले राजपुर गाउँपालिकाको विकासका निम्ति विभिन्न योजनाहरु माग गरि फाइल अगाडि सारेको भएपनि केही व्यक्तिहरुले राजनीति चलखेल गरेर फाइलहरु प्रदेश मन्त्रालयमै रोकेर राखि दिएको बताउनु भयो ।
यस्तै आफुहरु राजपुर गाउँपालिकामा जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आएपछि, शिक्षा,स्वास्थ्य,कृषि,सामाजिक सुशासन,भौतिक पुर्वाधार,लगायतको क्षेत्रमा क्रमिक विकासका कार्यमा गति ल्याउन सकेको बताउनु भएको छ ।
त्यसैगरी उक्त सभा तथा हिउँदे अधिवेशनमा उपाध्यक्ष धनपती देवी यादवले आर्थिक वर्ष २०७९/०८० को न्यायीक समितिको प्रगति सम्बन्धि जानकारी गराउदै संसोधित बजेटको प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।
यस्तै सभा तथा अधिवेशन कार्यक्रममा २०७९/०८० को श्रावण महिनादेखि हालसम्मको गाउँ कार्यपालिका बैठकको निर्णय कार्यपालिका सदस्य तथा गाउँपालिकाका प्रवक्ता श्यामबहादुर रोकाले प्रस्तुत गर्नु भएको थियो । त्यस्तै विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७९ सम्बन्धि प्रस्ताव कार्यपालिका सदस्य पुष्कर ओलीले गर्नु भएको थियोे ।
उक्त गाउँ सभा तथा अधिवेशनमा वडा नम्बर २ बाहेक अन्य ६ वडाका वडा अध्यक्षले आर्थिक वर्ष २०७९/०८० मा विनियोजित बजेटद्वारा संसोधित योजनाको बारेमा जानकारी गराउनु भएको थियो । सभामा वडा नम्बर ७ का वडा सदस्य प्रमोद बस्नेत लगायतकाले बोल्नु भएको थियो । यस्तै उक्त सभा तथा अधिवेशनमा पेस भएका सम्पूर्ण संसोधित बजेट तथा विधेयकहरु पास भएका छन् । 
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पाण्डेले फाल्गुन दुई गतेदेखि विभिन्न योजनाको सम्झौता कार्यलाई अघि बढाउने बताउनु भएको छ । त्यस्तै फाल्गुन ११ गतेदेखि हात्तीपाइले रोगको औषधि खुवाउने कार्यक्रम रहेकोले उक्त कार्यक्रममा सहभागी हुन अनुरोध गर्नु भयो । यस्तै फाल्गुन १ गतेदेखि राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता साधारण नमूना माध्यमिक विद्यालयमा ३ गतेसम्म संचालन हुनगइरहेकोले सो कार्यक्रममा सहभागी हुन सबैमा जानकारी गराउनु भयो ।
त्यसैगरी ब्रह्मा कुमारी विश्व विद्यालयद्वारा फाल्गुन १ गते राजपुर गाउँपालिकाको सभा हलमा लागू औषध दुर्वेसनी सम्बन्धि अन्तरक्रिया कार्यक्रम संचालन गर्ने भएको हुँदा उक्त कार्यक्रममा सम्पूर्ण कार्यपालिका सदस्य लगायत अन्य सम्बन्धित सरोकारवाला निकायलाई समेत उपस्थितिका लागि कार्यक्रम मार्फत प्रमुख प्रशासकीय अधिकृत पाण्डे अनुरोध गर्नु भएको छ ।

