
Sgr
Ggp
Srbpu
pku
Rgp
Lnp
Pbu
Rgp1
Unsku

Ksm
Vor
Gst
Ssm
Pvg
Hal
Rgu
Bbbpu
Bbu
Tsm
Wsp
Rgu
Ggd
Sls
Asm
Rgs
nsb
Rsb
Sbs

Abd
Pls
Bml
bbt
Rmb
Rpp
Jmb
Jmb
Gsb
Mks
Syp
sab
Ptm
दाङ । गढवा गाउँपालिकाको सहयोग तथा घरेलु तथा साना उद्योग कार्यालय दाङको आयोजनामा एक महिने थाकलबाट हस्तकला सजावटका सामाग्रीहरु उत्पादन सम्बन्धि तालिमको समापन गरिएको छ।
घरेलु तथा साना उद्योग कार्यालय घोराही दाङका प्रमुख उध्धोग अधिकृत लाल बहादुर गुरुङको अध्यक्षमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका वडा नम्बर – ४का अध्यक्ष हरिभगत चौधरीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको छ।
समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले तालिम पश्चात व्यवसायीक रुपमा सिकेको कुरा व्यवहारमा लागू गर्नुपर्ने बताउनुभयो। तालिममा सिकेर मात्र कुनै अर्थ नहुने भन्दै सिकेको सिकाई लाई व्यवसायीक रुपमै लाग्न सम्पूर्ण लाई अनुरोध गर्नु भयो। तपाईहरु कच्चा पदार्थ संकलन गर्नुस् र थाकलबाट हस्तकला सजावटका सामाग्रीहरु उत्पादन गर्नुस् पालीकालाई आवश्यक पर्ने किन्छ बाँकी बजारको व्यवस्थापनको लागि पनि पालिकाले सबै व्यवस्थापन गर्छ तर तपाईहरु जे सिक्नुस भएको छ, त्यसलाई काम गरेर देखाउनुस जे जति सहयोग चाहिन्छ पालिका दिन तयार छ अध्यक्ष पोख्रेलले भन्नु भयो । स्थानीय स्रोत साधनको प्रयोग गरेर हस्तकला सजावटका सामाग्रीहरु जति सक्नु हुन्छ निर्माण गर्नुस् पालिकाले बजारीकरणको ग्यारेन्टी पालिकाले लिन्छ, सामाग्री बनाएर बिक्री हुदैन भनेर काम नगर्ने मानसिक्ताबाट मुक्त हुनुस् हामी बिक्री वितरणको व्यवस्थापन गर्छौ पालिका अध्यक्ष पोख्रेलले भन्नु भयो ।
त्यसैगरी समापन कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख उद्योग अधिकृत लाल बहादुर गुरुङले गढवा गाउँपालिकासंग सहकार्य गरेर आवश्यक पर्ने सबैखाले तालिम सञ्चालनको लागि आफुहरु तयार रहेको बताउनु भयो।
कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर – ४ का अध्यक्ष हरिभगत चौधरी, गढवा गाउँपालिका संघ संस्था शाखाका प्रमुख शुरेस पौडेल लगायतको उपस्थिति रहेको थियो ।

