
Unsku
Rgp1
cjs
Gfs
Ggp
sbs
Rgp
Pbu
Djs
Srbpu
Lnp
Pes
Sgr
pku

Hal
Gst
Rgu
Sbs
Rgs
Tsm
Rsb
Wsp
Bbu
Asm
Rgu
Sls
Pvg
Ksm
Vor
Ssm
nsb
Bbbpu
Ggd

sab
Ptm
Mks
Bml
Gsb
Rpp
Jmb
bbt
Syp
Abd
Pls
Jmb
Rmb
दाङ । नेशनल प्याब्सन लुम्बिनी प्रदेश समितिको दोस्रो वार्षिक साधारण सभा कार्यक्रम बिहीबार दाङको लमहीमा सम्पन्न भएको छ ।
नेशनल प्याब्सन लुम्बिनी प्रदेश समितिका अध्यक्ष कुबेर बस्नेतको अध्यक्षता तथा एन प्याब्सन केन्द्रीय समितिका उपाध्यक्ष सुबोध कुमार डाँगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि डाँगीले स्थानीय स्तरदेखि-केन्द्रसम्मका निजि विद्यालयको समस्यालाई एन प्याब्सन केन्द्रले नजिकबाट नियालेर हेरेको बताउनु भयो ।
त्यस्तै उहाँले जिल्ला स्तरमा उठेका गुनासोहरुलाई प्रदेश हुँदै केन्द्र समितिले गहिरो समिक्षा गरेर आगामी दिनमा निजी विद्यालयहरुको लागि राज्यसंग समन्वयगरि समस्या समाधान तर्फ लाग्ने बताउनु भएको छ । यस्तै उहाँले कोभिड -१९ का कारण निजी विद्यालयहरुमा धेरै असर परेको हुँदा अहिलेपनि माथि उकास्न विद्यालयहरुलाई गाह्रो भएको बताउनु भयो ।
प्याब्सन लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष होमनाथ ढुंगानाको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा नेसनल प्याब्सन केन्द्रीय उपमहासचिव कुशुम राणाभाट, नेसनल प्याब्सन केन्द्रीय सदस्य प्रकाश कुमार शर्मा,कृष्ण प्रसाद घिमिरे,बर्दिया जिल्लाका अध्यक्ष बुद्ध गिरि,बाँके जिल्लाका अध्यक्ष श्याम बहादुर कुँवर,दाङ जिल्लाका अध्यक्ष बिमल गौतम,अर्घाखाँची जिल्लाका अध्यक्ष थमन केसि, रुपन्देही जिल्लाका अध्यक्ष पुर्षोत्तम बस्याल,गुल्मी जिल्लाका अध्यक्ष ओम टन्डन,कपिलवस्तु जिल्लाका अध्यक्ष युवराज घिमिरे,नवलपरासी जिल्लाका अध्यक्ष हरेन्द्र कोइरी लगायतकाले आ-आफ्नो जिल्लामा रहेका निजी विद्यालयहरुको अवस्था र उपलब्धि तथा जिल्ला समितिले जिल्ला भर गरेका क्रियाकलापको बारेमा रिपोर्ट पेस गर्नु भएको थियो ।
यस्तै जिल्लाका अध्यक्षहरुले एन प्याब्सन लुम्बिनी प्रदेश समितिको दोस्रो वार्षिक साधारण सभा कार्यक्रममा शुभकामना मन्तव्य राख्दै आगामी दिनमा एन प्याब्सन प्रदेश समिति र केन्द्र समितिले जिल्लाका निजी विद्यालयहरुको अवस्था बारेमा गम्भीर भएर बुझ्न आग्रह समेत गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा नेसनल प्याब्सन लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्दै नेसनल प्याब्सनको २५ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित राष्ट्रिय स्तरको प्रतियोगितामा लोकनृत्य प्रतियिगितातर्फ प्रथम स्थान हासिल गर्न सफल बाँके जिल्लाको नोबेल इ.मि.स्कुल र वक्तृत्वकला प्रतियोगितातर्फ प्रथम स्थान हासिल गर्न सफल पन्चमुखीइ.मि.स्कुल बाँके रहेको हुँदा बाँके जिल्लालाई सम्मान पत्र र नगद पुरस्कारले सम्मानित गरिएको थियो ।
यस्तै उक्त कार्यक्रममा यस अघि संचालन भएको प्रदेश स्तरीय गायन प्रतियोगितामा प्रथम रुपन्देही, द्वितीय दाङ,तृतीय रुपन्देही,कपिलवस्तु यसैगरी लोक नृत्य प्रतियोगिता तर्फ बाँके प्रथम, रुपन्देही द्वितीय,दाङ तृतीय त्यस्तै वकृतृत्त्वकला प्रतियोगिता तर्फ बाँके प्रथम,दाङ द्वितीय र रुपन्देही तृतीय भएका जिल्लाका अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेशनल प्याब्सन लुम्बिनी प्रदेश समितिका सचिवद्वारा तयार पारिएको वार्षिक प्रगति प्रतिबेदन सचिव टोपेन्द्र खनालले प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष अजय त्रिपाठीले वार्षिक आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । भेलाले दुबै प्रतिबेदनलाई जस्ताको तस्तै अनुमोदन गरेको छ । उक्त कार्यक्रमको संचालन नेशनल प्याब्सन लुम्बिनी प्रदेश समितिका सचिव टोपेन्द्र खनालले गर्नु भएको थियो ।

