
Gfs
sbs
cjs
Djs
pku
Srbpu
Lnp
Ggp
Pbu
Rgp1
Sgr
Pes
Rgp
Unsku

nsb
Pvg
Gst
Tsm
Rgu
Ssm
Vor
Bbbpu
Ksm
Ggd
Wsp
Rgs
Sbs
Bbu
Sls
Asm
Rgu
Rsb
Hal

Rpp
Abd
bbt
Syp
Mks
Rmb
Ptm
sab
Bml
Jmb
Jmb
Gsb
Pls
दाङ । राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत पालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय अन्तरक्रिया कार्यक्रम मंगलवार गढवामा सम्पन्न भएको छ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा गढवा गाउँपालिका विभिन्न वडाका वडाध्यक्षहरु, स्वास्थ्य संघ संस्थाका प्रतिनिधि लगायतकाको उपस्थिति रहेको थियो। गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको एक दिने अन्तरक्रिया कार्यक्रममा हात्तीपाईले रोगको वारेमा जानकारी दिइएको थियो ।
त्यस्तै कार्यक्रमको बारेमा जानकारी दिदै राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रमका जिल्ला फोकल परसन कमल चन्दले हात्तीपाईले रोगको हालको अवस्था, बच्ने उपाय र औषधिको बारेमा जानकारी दिनु भएको थियो। हात्तीपाईले रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने भएकाले आफ्नो घर आँगनमा पानी जम्ने खाल्डाहरु पुर्नुपर्ने बताउनु भयो ।
गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा औषधि सेवन गराउनु पुर्व चेतनाकालागी बहुनिकाय संग अन्तक्रिया कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रम गढवा गाउँपालिकाका बिभिन्न वडाका वडाध्यक्ष, विभिन्न स्वास्थ्य चौकी तथा स्वास्थ्य इकाईहरुमा कार्यरत स्वास्थ्यकर्मी, सम्बन्धित शाखाका कर्मचारी लगाएतको मउपस्थिति रहेको थियो। हात्तीपाईले रोग जुनसुकै उमेरका ब्यक्तिहरुलाई पनि लाग्न सक्ने भएकाले औषधि खान पछी पर्न नहुने जानकारी गराईएको हो । हात्तीपाईले रोग लागेमा जाडो लागेर ज्वरो आउनु, शरीरमा कम्पन हुनु, हातखुट्टा निला,काला धर्साहरु देखिनु, पिसाव रातो वा सेतो आउनु लगाएतको अन्य लक्ष्यण देखा पर्ने गरेको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिनुभयो।
कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले हात्तीपाईले रोग निवारणका लागि सबैले रोग विरुद्धको औषधी सेवन गर्न आह्वान गर्नुभयो। हामी दुई बर्षको अन्तरालमा हात्तीपाइले रोग अन्त्य गर्ने हिसाबले काम गरिरहेको बताउदै औषधीबारे फैलाइएका भ्रम तथा गलत सोच हटाउन समेत सबैमा आग्रह गर्नु भयो। हात्तीपाइले रोग विरुद्धको औषधीको सेवनबाट स्वास्थ्यमा समस्या हुने जस्ता भ्रमहरूको पछी नलाग्न अनुरोध समेत गर्नु भयो।
यस्तै कार्यक्रममा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, विभिन्न वडाका वडाध्यक्षहरु, गढवा गाउँपालिकाका विभिन्न शाखाका शाखा प्रमुखहरु, लुम्बिनी प्रदेश सरकारका प्रतिनिधि थानेश्वर बस्याल लगायतकाको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण स्वास्थ शाखा प्रमुख कैलाश चौधरीले गर्नु भएको थियो ।
