
Gfs
Djs
Pbu
sbs
Rgp
Ggp
pku
cjs
Unsku
Pes
Sgr
Srbpu
Rgp1
Lnp

Rgu
Ksm
Bbbpu
Gst
Rgs
Ssm
Ggd
Rsb
Asm
Sls
Wsp
Tsm
Vor
Hal
Pvg
Bbu
Rgu
nsb
Sbs

Syp
Ptm
Mks
Bml
Jmb
bbt
Abd
Jmb
Rmb
sab
Rpp
Gsb
Pls
दाङ । तुलसीपुरमा चोरी घटनामा संलग्न रहेका तीन जना नगदसहित पक्राउ परेका छन् ।
मंगलबार दिउँसो एक बजेतिर तुलसीपुर उपमहानगरपालिका ६ डुम्री गाँउस्थित राजकुमार खत्रीको घरमा चोरी गरेर निस्किदै गरेको अवस्थामा तीन जनालाई नगद रुपैँया र गरगहना सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता पर्वत केसीले जानकारी दिए ।
त्यस्तै पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १४ निवासी २० वर्षिय शरद विक रहेका छन् । उनको साथबाट प्रहरीले नगद १४ हजार ७४० रुपैँया, १ तोलाको सुनको छड्के तिलहरी र २ थान मोबाईल सेट बरामद गरेको छ । यस्तै घोराही उपमहानगरपालिका १७ निवासी २१ वर्षिय बिशाल विक रहेका छन् । उनको साथबाट ७२ हजार २५ रुपैँया नेपाली र भारतीय ४ हजार १० रुपैँया बरामद गरेको छ ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका १६ निवासी २२ वर्षिय बिमल चौधरी पनि पक्राउ परेका छन् । उनीहरु तीनै जनालाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
