आलोक भावुक/गढवा मंगलबार, माघ २४, २०७९

दाङ । गढवा गाउँपालिका र नेपाल रेड्क्रस सोसाइटी बीच आगामी दिनहरूमा सहकार्य समन्वयको लागि मंगलवार गढवामा छलफल भएको छ।गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा (पोख्रेल) “विश्वास”को अध्यक्षतामा भएको छलफल कार्यक्रममा पहिले जसरी नै आगामी दिनहरूमा आईपर्ने विपद लगायतका अन्य क्षेत्रमा पनि पालिका र रेड्क्रस कसरी समन्वय सहकार्य गरेर अघि बढ्ने भन्ने बारेमा छलफल भएको पालिकाले जनाएको छ । नेपाल रेड्क्रस सोसाइटी हर विपद लगायतको काममा स्थानीय सरकारसंग हातेमालो गरेर हरेक गतिविधि गरिरहेको छ।कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा (पोख्रेल) ‘विश्वास’ ले नेपाल रेडक्रसले विपद तथा संकट व्यवस्थापनमा विशेष गरेर बाढी र पहिरो,आगलागी,सडक दुर्घटना, चट्याङ,हावाहुरी जस्ता विपदहरूबाट क्षति कम गर्न विपद पूर्वतयारी सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेकोले थप साथ सपोर्ट र सहकार्य गर्न पालिका सदैव तयार रहेको बताउनु भयो। रेडक्रसले विपद पूर्वतयारी स्वरूप विभिन्न स्तरका तालिम दिनुका साथै समुदायस्तरका स्वयम सेवकहरू उत्पादन गरी उपशाखामार्फत् सेवा प्रदान गर्दै आइरहेको बताउदै गढवा गाउँपालिका नेपाल रेड्क्रससंग हरेक काममा सहकार्य,सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।उक्त छलफल कार्यक्रममा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी,प्रशासन शाखा प्रमुख पुनाराम शर्मा,डेनिस रेड्क्रसका कन्ट्री म्यानेजर डिबिड फकदेन,डेनिस प्रतिनिधि सुभद्रा देवकोटा,नेपाल रेड्क्रस सोसाइटी केन्द्रीय सदस्य रुद्र अधिकारी,सन्तोष अधिकारी,बिनिता ढुङ्गेल,मधुकर श्रेष्ठ,नेपाल रेड्क्रस सोसाइटी उपशाखा गढवाका सभापति दयाराम यादव,नेपाल रेड्क्रस सोसाइटी दाङका जगत तामाङ,मातृका जोशी,थानेश्वर पोख्रेल, लक्ष्मण निरौला लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण प्रशासन शाखा प्रमुख पुनाराम शर्माले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]