
pku
Pbu
Lnp
Rgp
Unsku
Ggp
Sgr
Srbpu
Rgp1

Sls
Sbs
Wsp
Rgu
Ggd
Ksm
Rgs
Bbu
Rsb
Hal
Gst
Rgu
nsb
Bbbpu
Tsm
Ssm
Asm
Vor
Pvg

Jmb
Ptm
Mks
Rmb
Syp
Gsb
Rpp
Jmb
sab
bbt
Pls
Bml
Abd
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने भएको छ । गृह मन्त्रालयमा दाबी गर्दै आएको रास्वपाले नपाउने भएपछि सरकारबाट बाहिरिन लागेको हो ।
पार्टीको आज साँझ बस्ने केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गर्ने पार्टी स्रोतले बताएको छ । यद्यपि सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन कायमै राख्दै रास्वपाले केही समय पर्खेर हेर्ने भएको छ । बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा पार्टी अध्यक्ष रवि लामिछानेले पुनः आफूलाई गृहमन्त्री बनाउन अनुरोध गर्नुभएको थियो । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार जवाफमा प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री दिन नसकिने जवाफ दिनुभएको थियो ।
प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो, “रविजी तपाईंको विषयमा मैले आफ्ने पार्टीको दबाब थेग्न सकिनँ, तपाईंलाई गृहमन्त्री दिन सकिनँ ।” प्रधानमन्त्रीको जवाफपछि रास्वपाले संयुक्त बैठक बसाएर सरकारबाट बाहिरिने निर्णय गर्न लागेको हो । यसअघि पनि अध्यक्ष लामिछानेले आफूलाई गृहमन्त्री नबनाए सरकारबाट बाहिरिने चेतावनी दिनुभएको थियो ।
नेपाली नागरिकता नभएको भनी सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि लामिछाने उपप्रधानमन्त्री एवं गृहमन्त्रीबाट समेत मुक्त हुनुभएको छ । तर लगत्तै उहाँले पुनः नेपाली नागरिकता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष आफूलाई पुनः गृहमन्त्री बनाउन आग्रह गर्नु भएको थियो ।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले सर्वोच्चको फैसलाको पूर्ण पाठ नआएसम्म गृहमन्त्री बनाउन नसकिने बताउनुभएको थियो ।
