
Ssb
Nsb
Bsn
Csb
Gsb
Ppu
Usb
Rks
Ksb
Ksb
Rsb
Ssb
Ksb
Tgp

Hl1
Tsb
Gsb
Ssb
Usb

Nps
ptl
Rgu
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने भएको छ । गृह मन्त्रालयमा दाबी गर्दै आएको रास्वपाले नपाउने भएपछि सरकारबाट बाहिरिन लागेको हो ।
पार्टीको आज साँझ बस्ने केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गर्ने पार्टी स्रोतले बताएको छ । यद्यपि सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन कायमै राख्दै रास्वपाले केही समय पर्खेर हेर्ने भएको छ । बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा पार्टी अध्यक्ष रवि लामिछानेले पुनः आफूलाई गृहमन्त्री बनाउन अनुरोध गर्नुभएको थियो । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार जवाफमा प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री दिन नसकिने जवाफ दिनुभएको थियो ।
प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो, “रविजी तपाईंको विषयमा मैले आफ्ने पार्टीको दबाब थेग्न सकिनँ, तपाईंलाई गृहमन्त्री दिन सकिनँ ।” प्रधानमन्त्रीको जवाफपछि रास्वपाले संयुक्त बैठक बसाएर सरकारबाट बाहिरिने निर्णय गर्न लागेको हो । यसअघि पनि अध्यक्ष लामिछानेले आफूलाई गृहमन्त्री नबनाए सरकारबाट बाहिरिने चेतावनी दिनुभएको थियो ।
नेपाली नागरिकता नभएको भनी सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि लामिछाने उपप्रधानमन्त्री एवं गृहमन्त्रीबाट समेत मुक्त हुनुभएको छ । तर लगत्तै उहाँले पुनः नेपाली नागरिकता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष आफूलाई पुनः गृहमन्त्री बनाउन आग्रह गर्नु भएको थियो ।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले सर्वोच्चको फैसलाको पूर्ण पाठ नआएसम्म गृहमन्त्री बनाउन नसकिने बताउनुभएको थियो ।
