
pku
Srbpu
Pbu
Lnp
Rgp
Unsku
Ggp
Sgr
Rgp1

Sbs
Ksm
Sls
Vor
Wsp
Hal
Bbbpu
Rgu
Rgu
Gst
Tsm
Ssm
Pvg
Bbu
Ggd
Rgs
Asm
nsb
Rsb

Abd
Mks
Syp
bbt
Ptm
Rpp
Rmb
Pls
sab
Gsb
Jmb
Bml
Jmb
दाङ । लुम्बिनी प्रदेश सरकारद्वारा राज्यमन्त्रालय हटाइएको छ । छिटोछरिता,मितव्ययी र पारदर्शी सरकार बनाउने भन्दै नव नियुक्त मुख्यमन्त्री लिला गिरीले अन्य मन्त्रालयको सङ्ख्या पनि घटाउने तयारी गरेका छन् ।
संचारमाध्यमहरुलाई प्रतिक्रिया दिँदै मुख्यमन्त्री गिरीले छोटो आकारको मन्त्रीमण्डल बनाउने तयारी भइरहेको बताएका छन् । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार अबको एक साताभित्र मन्त्रीमण्डलले पनि पूर्णता पाउनेछ ।
यसअघि १३ मन्त्रालय र राज्यमन्त्रीसहित १७ मन्त्री रहेका लुम्बिनी प्रदेशमा मन्त्रालय घटाएर अब १० वटा मन्त्रालय बनाइने भएको छ । मुख्यमन्त्रीको कार्यालयसहित १० वटा मन्त्रालय रहने मुख्यमन्त्री गिरीको सचिवालयले जनाएको छ । मुख्यमन्त्रीको सचिवालयका अमृत गिरीले दिएको जानकारी अनुसार यस पटक कुनै पनि सहायक मन्त्री तथा राज्यमन्त्रीहरू नियुक्त हुने छैनन् । आर्थिक मितव्ययी, पारदर्शी र सरल कामकाजका लागि सानो आकारको मन्त्रीमण्डल एक साताभित्र बिस्तार हुने गिरीले बताए ।
