
Rgp
Rgp1
pku
Ggp
Sgr
Lnp
Srbpu
Unsku
Pbu

Bbu
Hal
Ggd
Pvg
Rgs
Wsp
Asm
Rsb
Rgu
nsb
Gst
Rgu
Vor
Bbbpu
Ksm
Tsm
Ssm
Sbs
Sls

bbt
Jmb
Pls
Ptm
Syp
Jmb
Bml
Rmb
Mks
Rpp
sab
Gsb
Abd
दाङ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ क्षेत्रीय समिती देउखुरीको १० औं साधारणसभा तथा पाचौं अधिवेशन समितिका अध्यक्ष कमल खडकाको अध्यक्षता तथा पुस्तक व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भैरव बहादुर रावलको प्रमुख आतिथ्यमा देउखुरीको जखेरातालमा सम्पन्न भएको छ ।
समितिका उपाध्यक्ष गिरिराज पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी रावलले व्यवसायीहरुका समस्याहरु र लुम्बिनी प्रदेश महासंघले निर्वाह गरिरहेको भुमिकामाथी प्रकाश पार्दै व्यवसायीहरुको लागि समयसान्दर्भिक तालिमको व्यवस्था गरिने बताए ।
कार्यक्रममा समितिका सचिव अनिल पौडेलबाट प्रगती प्रतिवेदन वाचन गरिएको थियो भने समितिका कोषाध्यक्ष हेमराज लामाबाट कोषाध्यक्ष प्रतिवेदेन र लेखा समितीका संयोजक हरि पोख्रेलबाट लेखा प्रतिवेदन वाचन तथा सल्लाह सुझाव प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा बिनोद स्टेशनरी राप्ती -६ पत्तथर गढवाकि प्रोपाइटर कमलापती चौधरी राप्ती गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकोमा निजलाई समितिले दोसल्ला ओढाई सम्मान गर्नुको साथै प्रदेश सदस्यमा मनोनित भएकोमा भानु यादवलाई समेत सम्मानित गरिएको थियो ।
भेलाले सुशील खनालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति पदम भण्डारीको संयोजकत्वमा ३ सदस्यीय ऋण समिति र बिक्रम भण्डारीको संयोजकत्वमा ३ सदस्यीय लेखासमिति चयन गरेको छ । कार्यक्रमको संचालक समितिका सचिव अनिल पौडेलले गरेका थिए ।
