
cjs
Gfs
Unsku
Rgp
Pes
sbs
pku
Djs
Srbpu
Lnp
Sgr
Ggp
Pbu
Rgp1

Ssm
Pvg
Tsm
Hal
nsb
Asm
Bbbpu
Ggd
Sls
Rgs
Vor
Ksm
Bbu
Rgu
Rgu
Rsb
Sbs
Wsp
Gst

Bml
Gsb
bbt
sab
Mks
Jmb
Abd
Rpp
Syp
Ptm
Rmb
Pls
Jmb
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर – ३ गोबरडियामा रहेको गोबरडिया आयुर्वेद औषधालयबाट सेकाइ प्रविधिबाट उपचार सेवा शुक्रबारदेखि सुरु भएको छ।
गोबरडिया आयुर्वेद औषधालयका प्रमुख डाक्टर शंकर नाथ योगीको सभापतित्व एवम् गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलो प्रमुख आतिथ्यमामा एक कार्यक्रमको आयोजना गरी पंचकर्म चिकित्सक सेवा सुरु गरिएको हो।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले स्वास्थ्यको क्षेत्रमा गढवा गाउँपालिकामा एउटा नयाँ प्रविधिबाट उपचार सेवा शुभारम्भ गरेको बताउनु भयो । हाम्रो प्रकृति आर्युवेदले वर्णन गरेको जस्तो भएको बताउदै सवै ऋतु युक्त वातावरणले गर्दा आर्युवेद उपचार विशेषगरी बढ्दै गएको पंचकर्म विधाका लागि अझै बढी प्रभावकारी हुने बताउनु भयो। पञ्चकर्म आयुर्वेदको विशिष्ट चिकित्सा पद्धति भएको बताउदै अध्यक्ष पोख्रेलले भन्नु भयो ‘-यस पद्धतिमा शरीरका विषहरूको बाहिर निकालेर शुद्ध गरिन्छ र यसैबाट रोग निवारण पनि हुन जान्छ, आस छ यो पंचकर्म चिकित्सक बिधिबाट स्थानीयहरुले भरपूर फाइदा लिनुहुने छ।”
त्यसैगरी उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति तथा गोबरडिया आयुर्वेद औषधालयका प्रमुख डाक्टर शंकर नाथ योगीले बिगत करिब ६० वर्षदेखि स्वास्थ्यको क्षेत्रमा निरन्तर सेवा दिदै आई रहेको गोबरडिया आयुर्वेद औषधालयमा थप सेवा सुचारु हुनु गर्बको बिषय भएको बताउनुभयो भयो। गढवाबासीको माग बमोजिम आयुर्वेद औषधालयको स्तर बृद्धि र सेवा विस्तार गर्न आवश्यक रहेको बताउनुभयो। यो औषधालयको स्तर बृद्धि गरी जिल्ला स्तरको आयुर्वेदिक औषधालय सञ्चालनको पहल गर्नु पर्ने प्रमुख डाक्टर योगीले बताउनु भयो । बिक्रम सम्बत् २०२९ सालमा स्थापना भएको दाङकै पुरानो आयुर्वेद औषधालय हो। तर समय परिस्थिति अनुसार स्तर बृद्धिको साटो घटेर सामान्य औषधालयको रुपमा रहेको छ।
उद्घाटनको दिन २० जना स्थानीयहरुको शकन प्रविधि बाट उपचार गरिएको डाक्टर शंकरनाथ योगीले जानकारी दिनुभयो। यहाँ एकदमै नयाँ प्रविधिबाट बाकस भित्र बन्द गरेर बाफ बाट उपचार गरिएको बताएको छ । कार्यक्रममा गोबरडिया आयुर्वेद औषधालयका बैध्य निरिक्षक तिलक चौधरी, स्थानीय समाजसेवी कर्ण बहादुर बि.क लगायतकाले बोल्नु भएको थियो । तिलकराम चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको धनोज राय यादवले गर्नु भएको थियो।
