
pku
Ggp
Unsku
Rgp1
Srbpu
Lnp
Rgp
Sgr
Pbu

nsb
Gst
Ksm
Hal
Bbu
Ggd
Asm
Rsb
Vor
Rgu
Pvg
Ssm
Bbbpu
Wsp
Sls
Sbs
Tsm
Rgu
Rgs

Pls
Ptm
bbt
Rpp
Rmb
Syp
Bml
Gsb
sab
Jmb
Mks
Jmb
Abd
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा रहेका भूमिहीन दलित,सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई व्यवस्थित गरि लालपूर्जा वितरण गर्ने उदेश्यले बिहीबारदेखि पलिकाकाे वडा नम्बर २ मुक्तिनगरबाट जग्गाको नाप-नक्सा गर्ने कामकाे औपचारिक रुपमा उद्घाटन गरिएको छ।
राष्ट्रिय भूमि आयोग दाङका अध्यक्ष लेखराज रेग्मीले जिपिएस प्वाइन्ट राखिएको ठाउँबाट जग्गा नाप जाँच गर्ने टाेटल स्टेसन मेसिन सञ्चालन गरि कार्यक्रमको शुरुआत गर्नु भएको हाे।
साे अवसरमा बाेल्दै आयाेगका जिल्ला अध्यक्ष रेग्मीले गैर सुकुम्बासीलाई जग्गा नदिइने बताउँदै वास्तविक सुकुम्बासीलाई जग्गाको मालिक बनाएरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘कार्यविधि अनुसार नै सबै काम अगाडि बढाउछौं’, उहाँले भन्नुभयो, ‘कार्यविधि विपरित कार्य गर्नेलाई दण्डित पनि गर्छौ । जसको अधिकार क्षेत्र भित्र जग्गा छ, त्यसैले पाउँछ ।कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका उहाँले यस क्षेत्र राजधानी क्षेत्र भएकाले पनि व्यवस्थित बस्तीको रुपमा विकास गर्न सबैले ध्यान दिनु पर्ने कुरामा जाेड दिनु भयो। त्यस्तै उहाँले काम गर्ने क्रममा कुनै विवाद भए वडा र पालिकामा गठित विवाद सहजीकरण समितिले समाधान गर्नु पर्ने कुरा औल्याउदै फिल्डबाट सामान बाेकेर फिर्ता हुने अबस्था सिर्जना हुन नदिन सबै पक्षलाई आग्रह गर्नु भयो ।
यसैगरी गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जग्गा नापजाँच कार्य पछि वर्षौंदेखिको जग्गा सम्बन्धी समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । ‘भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गाको मालिक बनाउने कार्यकाे शुरुआत हुँदा निकै खुशी लागेको छ’, उहाँले भन्नुभयो, ‘तीन पुस्तासम्म भाेग चलन गरेको जग्गाको स्वामित्व पाउन नसकेका परिवार अब जग्गाको मालिक बन्ने भएका छन् । यस कार्यमा सबैको साथ र सहयोगको आवश्यकता हुनु पर्ने बताउनुभयो ।निर्वाचनको समयमा समेत आफूले भूमि समस्याको समाधान गर्ने प्रतिबद्धता गरेकाे कुरा स्मरण गर्दै उहाँले जग्गा नाप-जाँच गरि वास्तविक सुकुम्बासीहरुलाई मात्र लालपुर्जा वितरण गर्नु पर्ने बताउनुभयो।
त्यस्तै डिभिजन वन कार्यलय दाङ देउखुरीका डिभिजनल वन अधिकृत राजु क्षेत्रीले वनसँग कुनै कुरा नबाझिने गरि काम गर्न सुझाव दिनु भयो । हाल राप्ती गाउँपालिका भरि ५ सय ६७ जना भूमिहिन तथा सुकुमबासीहरू रहेका छन् । जसमध्ये ३ हजार ७ सय ५८ अब्यबस्थित बसाेबासी, ५ सय ६७ जना भूमिहिन सुकुमबासी, २ सय २० जना भूमिहिन दलित गरी कुल ४ हजार ५ सय ४५ जना अव्यवस्थित बसाेबासी, भूमिहिन र सुकुमबासी रहेकाे राप्ती गाउँपालिका भूमिहिन दलित, भूमिहिन सुकुमबासी र अव्यवस्थित बसाेबासी सेवा केन्द्र प्रमुख बालचन्द्र गुरूङ्गले जानकारी दिनु भएको छ।
जस अनुसार ४ हजार ५ सय ४५ जनाकाे लगत राष्ट्रिय भूमि आयाेगकाे सफ्टवेयरमा इन्ट्री भइसकेकाे सेवा केन्द्र प्रमुख गुरूङ्गले जानकारी दिनुभयो छ । जस मध्ये राप्ती गाउँपालिकाकाे वार्ड नम्बर १ देखि ४ सम्मका ३ हजार घरपरिवारलाई निस्सा बितरण गरि सकिएकाे र बाँकी वार्ड नम्बर ५ देखि ९ सम्मका १ हजार ६ सय घरपरिवारलाई निस्सा बितरण गर्न बाँकी रहेकाे सेवा केन्द्र प्रमुख गुरूङ्गले बताउनु भयो ।
पालिकामा जग्गा सम्बन्धी काम गर्नका लागि आयोगको जिल्ला कार्यालयबाट एक जना सर्भेक्षकलाई खटाइएको छ भने पालिकाले पनि आवश्यक थप सर्भेक्षक र अमिनहरु खटाएकाे पालिकाका सूचना अधिकारी विश्वास विकले बताउनुभयो ।
पालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता तथा राष्ट्रिय भूमिआयाेग दाङका अध्यक्ष लेखराज रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साे नाप नक्सा कार्य उद्घाटन कार्यक्रममा पालिकाकी उपाध्यक्ष कमलापति चाैधरी,प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वली,डिभिजन वन कार्यलय दाङ देउखुरीका डिभिजनल वन अधिकृत राजु क्षेत्री,सहायक वन अधिकृत बिनाेद कुमार शाह,पालिकाका प्रबक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलमान चाैधरी, राष्ट्रिय भूमि आयाेग दाङका विज्ञ सदस्य लक्ष्मी चाैधरी,कल्पना जिसी,पूर्व वडा अध्यक्ष जगत थापा ,वडाका जनप्रतिनिधिहरु,विभिन्न राजनैतिक दलहरुका प्रतिनिधिहरु,विवाद सहजीकरण समितिका सदस्यहरू तथा स्थानियवासीहरुकाे उल्लेख्य सहभागिता रहेकाे थियाे।

