
Srbpu
Lnp
Unsku
Rgp1
Sgr
pku
Pbu
Ggp
Rgp

Rgu
Vor
Ssm
Bbu
Bbbpu
Gst
Sls
Rgu
Wsp
Rsb
Asm
Tsm
Pvg
Hal
Ksm
nsb
Sbs
Ggd
Rgs

Rmb
Syp
Jmb
Abd
Pls
Gsb
Mks
Bml
bbt
Rpp
sab
Ptm
Jmb
काठमाडौं । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । शनिबार उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भयो ।
त्यस्तै प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए । जसमध्ये इन्दिराको पक्षमा १६६ र विपक्षमा ९७ मत पर्यो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहेका थिए ।
यस्तै इन्दिरालाई नेकपा एमाले,नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत सत्तारुढ गठबन्धनका दलहरुले मतदान गरेका थिए ।
