
Ggp
Lnp
pku
Pbu
Rgp1
Sgr
Rgp
Unsku
Srbpu

Asm
nsb
Rsb
Hal
Bbu
Vor
Tsm
Pvg
Gst
Sbs
Wsp
Rgu
Ggd
Rgu
Bbbpu
Rgs
Ksm
Ssm
Sls

Mks
Jmb
Rpp
Pls
sab
Bml
Gsb
Ptm
Syp
bbt
Jmb
Rmb
Abd
काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् ।
प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत पर्यो । प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे ।
घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरे ।
२७५ सदस्यीय प्रतिनिधिसभामा घिमिरेको पक्षमा १७० मत पर्यो ।
सभामुखमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले पनि उम्मेदवारी दिएकी थिइन् । तर पहिले घिमिरेको उम्मेदवारीमाथि मतदान हुँदा उनले बहुमत पाएपछि ईश्वरीको उम्मेदवारीमाथि छलफल नै भएन । उनलाई नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए । घिमिरे झापा क्षेत्र नम्बर –२ बाट निर्वाचित भएका थिए ।
