
Lnp
Unsku
Rgp
Sgr
Pbu
Srbpu
Ggp
pku
Rgp1

nsb
Pvg
Hal
Tsm
Rgu
Bbu
Rgs
Vor
Gst
Ggd
Asm
Bbbpu
Wsp
Sbs
Sls
Rsb
Ssm
Ksm
Rgu

Jmb
Rpp
sab
Gsb
Syp
Ptm
Jmb
Rmb
Abd
Mks
Pls
bbt
Bml
दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनियताको सपथ लिएका छन् । उनी सँगै कृष्णा केसी (माओबादी केन्द्र) र चेतनारायण आचार्य (एमाले) का तर्फबाट बिना बिभागिय मन्त्री पदको सपथ लिएका छन् ।
त्यस्तै उनिहरुलाई लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बिहीवार सपथ खुवाएका हुन् । यस अघि माओवादी केन्द्रबाट संसदीय दलका नेता जोख बहादुर महरा मन्त्री नियुक्त हुने चर्चा भएपनि मन्त्रालय टुंगो नलागेपछि उनले बिना विभागीय मन्त्री बन्न इन्कार गरेका छन् ।
रुपन्देही २ को प्रदेश सभा १ बाट निर्वाचित नेकपा एमालेका गिरी प्रदेश सभाका १० मध्ये ७ दलका ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा संविधानको धारा १६८ को २ अनुसार बुधबार मुख्यमन्त्री नियुक्त भएका थिए । सपथ पश्चात् मुख्यमन्त्रि गिरीले पदभार ग्रहणपनि गरेका छन् ।
मुख्यमन्त्रि गिरीले कार्यभार सम्हाल्दै प्रदेश राजधानीको लागि आबस्यक काम तिब्र गतीमा शुरु गरिने बताए ।
यस्तै उनले आर्थिक समृद्धि, समृद्ध प्रदेश र खुसी जनताको नारालाई म्रुत रुप दिनेगरी प्रदेश सरकारले काम अघि बढाउने बताए ।‘देशबासीको जिवनमा पनि परिबर्तन भएको आभास दिलाउनु छ- मुख्यमन्त्री गिरीले भने तिनतहका सरकारहरु जनताकै पक्षमा छन भन्ने बोध गराउन लुम्बिनी प्रदेश सरकारले प्रमुख भुमिका खेल्नेछ ।’प्रदेश बासीको आर्थिक अबस्था सुधार्नका निम्ति कृषी, पर्यटन, उद्योग धन्दा,प्राकृतीक स्रोत लगायतका क्षेत्रलाई प्रमुख प्राथमिक्तामा राखेर काम गरिने जनाए ।
प्रचुर सम्भावना बोकेको राप्ती उपत्यकामा चुनौती र सम्भावना उत्तिकै रहेको बुझेका गिरीले यस सरकारलाई देशकै नमुना सरकारको रुपमा बिकसित गरिने बताए । फरक एक प्रसँगमा मुलुक बासिको भलोका लागि देशका राजनितीक दलहरु सुध्रिनुपर्ने अबस्था आएको बताउँदै गिरीले दलहरुको सन्तुलन आबस्यक रहेको बताए । आफुहरुलाई यो जिम्बेवारीमा पुर्याउन योगदान पुर्याउनु भएका सम्पुर्ण प्रदेशबासीलाई हार्दिक धन्यबाद ज्ञापन दिदै आगामी दिनमा जनताकै पक्षमा कटिबद्ध भएर काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।
