
Rgp
Pbu
Ggp
Unsku
Rgp1
Sgr
Lnp
Srbpu
pku

nsb
Asm
Ggd
Pvg
Rgu
Hal
Sls
Ksm
Vor
Rgu
Bbu
Tsm
Ssm
Wsp
Bbbpu
Gst
Rsb
Rgs
Sbs

Abd
Rpp
Syp
Mks
bbt
Pls
Rmb
Jmb
Bml
Ptm
Gsb
Jmb
sab
दाङ । देउखुरीको लमही नगरपालिका,राप्ती,गढवा र राजपुर गाउँपालिकाका अधिकांस भु-भाग खोला र राप्ती नदी आसपासमा पर्दछ । जहाँ ढुङ्गा, गिट्टी र बालुवा प्रशस्त मात्रामा पाइन्छ। यी चारवटै पालिकाको अधिकांश क्षेत्र खोलानाला र नदीको बगर क्षेत्र भित्र पर्दछन्। त्यही क्षेत्रमा प्राय जसो राप्ती नदीको छेउछेउका क्षेत्रमा रातभरी जब मानव बस्ती निद्रामा हुन्छ त्यही बेला रातको मौका छोपी यहाँ बालुवा,गिट्टी र ढुङ्गा जस्ता अवैध रुपमा दोहन हुन्छ ।
राप्ती नदीकै छेउछाउमा ठूला-ठूला क्रसर उघोगहरु सञ्चालनमा रहेका छन्। राप्ती नदी बगरमा रातभरी ट्रयाक्टरहरू चलिरहेको हुन्छन्। नदीबाट चोरी गरी उत्खनन् गरिएका ढुङ्गा, गिट्टी र बालुवा ट्रयाक्टरले रातभरी मिनेट मिनेटको फरकमा किनारतिर ओसार्दै डम्पिङ गर्दै गरेका हुन्छन्। तस्करहरू रातभर नदी दोहनमा व्यस्त हुने गरेको पाइएको छ । तस्करहरुले राति १२ बजेदेखि विहान ४ बजेसम्म नदीको दोहन गर्ने गरेको पाएको छ। राप्ति नदी भने वर्षौदेखि क्रसर व्यवसायी र तस्करहरूको कब्जामा छ । गैरकानुनी उत्खनन चलिरहेको छ। राप्ती नदी नासिनु भनेको हाम्रो मानव सभ्यता नासिनु र पारिस्तिथिक प्रणाली खल्बलिनु हो। नदीजन्य पदार्थको अत्यधिक उत्खनन् र सङ्कलनले वातावरणीय तथा अन्य पक्षमा क्षति पुर्याउँछ ।
नदि-खोला जस्ता क्षेत्रको स्थानबाट पटक पटक बालुवा,गिट्टी,मिस्कट र ढुङा लगायताका नदिजन्य पदार्थ अबैधरुपमा चोरि तस्किरी गरेको र उत्खनन गरेर विभिन्न स्थानमा डम्पिङ गरेर राखेको पाइए पनि स्थानीय प्रशासन र प्रहरीले वास्ता नगर्दा नियन्त्रणमा समस्या,छेउका बस्तीमा समस्या देखिएको हो। अखिर यस विषयमा सम्बन्धित निकाय किन् मौन रहेको देखिन्छ त? के ‘ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी कुनै मापदण्ड रहेको छैन् र?
के भन्छन् त स्थानीयले?
राजपुर–३ का स्थानीय बुद्धिजीवी, समाजसेवी जमुना प्रसाद यादवका अनुसार तिब्र गतिमा गिट्टी र बालुवा अवैध दोहन उत्खनन् कार्य भइरहेको छ। लमही नगरपालिकाको सतबारियादेखि राजपुर गाउँपालिकाकाे कालिपुरवा जोड्ने राप्ती नदी पुल स्थित संरचना मुनिबाट नै गिट्टी–बालुवा निकालिँदैछ । पुलको ५ सय मिटर नजिकबाट नदीजन्य सामग्री निकाल्न नमिल्ने भए पनि विभिन्न तस्कर ठेकेदारहरुले जथाभावी ट्रयाक्टर र लेबर लगाइरहेको उहाँको भनाइ छ ।
त्यस्तै उहाँका अनुसार रात–दिन दोहन बढेको छ । दैनिक रूपमा राती १२:०० बजेदेखी बिहान ६:०० बजेसम्म लगभ ६/७ वटासम्म गाडी दोहन कार्यमा संलग्न रहेको बताउनुहुन्छ। उहाँले अवैध दोहानमा संलग्न रहेका एक लेबरसंग एक रातमा कतिसम्म कमाई हुन्छ भन्ने प्रश्न गर्दा एक लेबर बराबर ६ हजारको कमाई भइरहेको बताएको कुरा बताउनु भयो। प्रहरीलाई खबर गरे पनि बेवास्ता हुन्छ, उहाँले भन्नभयो, ‘उल्टै प्रहरीले ठाउँमा पुग्नु भन्दा पहिले ठेकेदारलाई खबर गर्दिने रहेकाछन् । अझ ठेकेदारले गाउँलेलाई समेत धम्क्याइरहेका हुन्छन् ।’ जनप्रतिनिधि,सरकारी कर्मचारी र केही मिडियाको साथीहरु र प्रहरी नै यसका मतियार बनिरहेका छन् । यसरी नै प्रहरी प्रशासनको अगाडि दादागिरी गरिरहेका छन् तर प्रहरी प्रशासन किन् मौन रहेको भन्ने विषयमा बुझ्नै नसकिरहेको बताउँदै उनले गुनासो गरेका छन्।
यस्तैगरि राजपुर गाउँपालिका -५ का एक स्थानीयको भनाई अनुसार( नाम नखुलाउने सर्तमा) भन्नुहुन्छ क्रसरकाे नाममा नजिकको बस्ती र खेती,चरण तथा खेल मैदान मासिने र कटान हुने गरि गिट्टि,बालुवा तस्करी गर्ने काम भइरहेकाे बताएका छन् । तर राजपुर गाउँपालिका भित्रको विभिन्न बस्ती तथा सडक निर्माण कार्य त्यतिकै रहेको छ । यहीँ ठाउँका नदीजन्य पदाथर्हरू अरु ठाउँमा तस्करहरुद्वारा निर्यात गर्नुभन्दा राम्राे आफ्नै पालिकाकाे बस्ती तथा सडक निर्माण कार्य गरिदिन सम्बन्धित निकायलाई आग्रह गर्नु भएको छ । यस कुरामा नदीजन्य पदार्थको जथाभावी उत्खनन हुने समस्याको स्थायी समाधान गर्न र नदीको संरक्षण गर्न नदीजन्य पदार्थ तथा प्राकृतिक स्रोत (उत्खनन तथा नियन्त्रण) ऐन तत्काल बनाई लागू गर्न सम्बन्धीत निकायकाे ध्यान पुगोस् ,यहाँको बालुवाले बजार शहरको बिल्डिंग तयार हुनुभन्दा आफ्नै गाँउ-ठाँउकाे विकास होस् भन्ने कुरा सिधा-पत्र डटकमसँग गर्नु भएको छ।
