
Rgp1
pku
Ggp
Unsku
Sgr
Srbpu
Pbu
Lnp
Rgp

Asm
Bbbpu
Wsp
Sls
Ggd
Tsm
Pvg
Gst
Ssm
Hal
Rgs
Sbs
Ksm
Rgu
Bbu
Vor
nsb
Rsb
Rgu

Rmb
Pls
bbt
Gsb
Syp
Bml
Mks
Ptm
Jmb
Abd
Rpp
Jmb
sab
दाङ । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदीले निजी क्षेत्र संग नेपाल सरकार उत्तरदायी नभएको बताएका छन् । व्यवसायीहरुले संकलन गर्ने राजश्वबाट देश धानिएको अवस्थामा उद्योगी व्यवसायीहरुको पिरमर्का प्रति राज्य उदासीन भईरहेको उनले बताएका छन् ।
गढवा उद्योग वाणिज्य संघको शनिवार गढवामा भएको सातौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उपाध्यक्ष सुवेदीले देशमा आएको आर्थिक तरलता, बैंकर्सहरुको चर्को ब्याजदरका कारण उपभोक्ताहरुको क्रयशक्ति र देशको अर्थतन्त्र कमजोर भएको बताए । उद्योगी व्यवसायीहरु आज घर जग्गा र श्रीमतिका गरगहना बेचेर बैंकको चर्को ब्याज बुझाउन बाध्य भएको भन्दै सरकार निजी क्षेत्रको मर्काप्रति गंभिर हुन उनले आग्रह गरेका छन् ।
त्यस्तै कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखे्रल बिश्वासले ब्यवसायीहरुको करबाट संकलन हुने राजश्वको केहि प्रतिशत व्यवसाय प्रबर्धनको क्षेत्रमा लगानी गर्न स्थानीय सरकारको पहल रहने भन्दै गढवा क्षेत्रका तमाम समस्याहरुलाई समाधान गर्न उद्योग बाणिज्य संघसंग साझेदारी गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाएका छन् । गढवा बजारका सटर तथा घरहरुको भाडादर समायोजन गर्न, फोहरमैलाको दिर्घकालिन समाधान गर्न, गढवामा चिस्यान केन्द्र निर्माण गर्न र कृषि उपज संकलन तथा बिक्री केन्द्रको स्थापना गर्न पालिकाको तर्फबाट पहल भइरहेको उनले बताएका छन् ।
संघका अध्यक्ष खिमबहादुर बुढा मगरको अध्यक्षता एवम् नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदीको प्रमुख आतिथ्यमा भएको साधारणसभामा गढवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष
बिरबहादुर आले, दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण भुसाल, गढवा उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष युबराज पोखे्रल, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी, देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल, सल्लाहकारहरु रामप्रसाद गैरे, उमाकान्त पन्त, नेकपा एमालेका दाङ जिल्ला सदस्य चुडामणि पौडेल, नेपाली काँगे्रस गढवाका सचिव पुरन प्रसाद चौधरी, जनता समाजवादी पार्टीका गढवा अध्यक्ष महबुव अली मुसलमान, राष्ट्रिय जनमोर्चाका गुणनिधी शर्मा, नेपाल हृदयरोग निवारण केन्द्र दाङका मोहन कुमार पाण्डेय, चेतनशिल महिला समाज केन्द्रका अध्यक्ष सकुन्तला डिसी र गढवा होटल ब्यवसायी संघका सचिव तिलक पुन लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले गढवा बजारबाट ब्यापारीहरु पलायन भै रहेको भन्दै सटर भाडा समायोजन गर्न र गढवा बजारमा लगाईएका सडकबत्तीको महसुल गढवा गाउँपालिका र वडा कार्यालयबाट भुक्तानी दिनुपर्ने माग गरेका छन् ।
सो अवसरमा संघका सचिव मधा न्याौपानेले संस्थागत प्रतिवेदन र आगामी कार्यक्रम प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष खुमानन्द पोखे्रलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संघका निवर्तमान अध्यक्ष रविलाल आचार्यको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संघका वाणिज्य उपाध्यक्ष ओमप्रकाश बस्यालले गरेका थिए ।
साधारणसभाले गढवा क्षेत्रमा कृषि, उद्योग, व्यवसाय तथा पर्यटन प्रबर्धन गर्न आगामी माघ महिनामा व्यापारिक तथा औद्योगिक मेलाको आयोजना गर्ने, कोइलाबासमा गढवा गाउँपालिका र वडा नं. ८ को कार्यालयले उपलब्ध गराएको घडेरीमा संघको सम्पर्क कार्यालय स्थापना गर्न स्थानीय सरकार र प्रदेश सरकारसंग बजेट माग गर्ने, कोइलाबासलाई पुर्नजिवन दिन र भन्सार कार्यालयलाई व्यवस्थित गर्न सरकारका निकायहरुमा ध्यानाकर्षण गराउने, गढवा बजारलाई सफा सुग्घर र थप ब्यवस्थित शहरको रुपमा बिकास गर्ने, हरेक बर्ष जस्तै आन्तरीक राजश्व कार्यालयसंग समन्वय सहकार्य गर्दै कर शिविर सञ्चालन गरी ब्यवसायिहरुलाई सेवा प्रवाह गर्ने, बैंकर्सहरुले बृद्धि गरेको चर्को ब्याजदर घटाउन बिरोधका कार्यक्रमहरु गर्ने, ब्यवसायिक सुरक्षा कोषलाई थप ब्यवस्थित गर्न कार्यबिधि निर्माण गर्ने, ब्यवसाय दर्ता, नविकरण, नियमित बजार अनुगमन तथा सुपरिबेक्षणलाई स्थानीय सरकार र खाद्य तथा गुणस्तर बिभागसंग समन्वय गर्दै निरन्तरता प्रदान गर्ने लगायतका महत्वपुर्ण निर्णयहरु गरेको संघका अध्यक्ष खिमबहादुर बुढामगरले जानकारी दिएका छन् ।

