
Rsb
Usb
Ssb
Gsb
Rks
Ksb
Ksb
Tgp
Bsn
Ppu
Csb
Nsb
Ksb
Ssb

Hl1
Tsb
Usb
Gsb
Ssb

ptl
Rgu
Nps
दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीबाट शुभारम्भ भएको छ । प्रदेश सरकारले लुम्बिनीको स्थायी राजधानी बुधबारदेखि शुभारम्भ गरिएको हो ।
त्यस्तै राजधानी कार्यान्वयनमा आएसँगै सरकारी कामकाज गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । देउखुरीमा तयार भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदेश प्रमुख अमिक शेरचनले झण्डोत्तोलनसहित कार्यालयको उद्घाटन गरेपछि कार्यालय औपचारिक रूपमा सञ्चालनमा आएको हो ।
२०७७ असोज २० गते लुम्बिनी प्रदेशसभाले देउखुरीलाई स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो । राजधानी घोषणा भएको दुई वर्षसम्म पनि आस्थायी मुकाम बुटवलबाट कामकाज भइरहेको थियो । देउखुरीको लालमटीयामा रहेको राप्ती प्राविधिक शिक्षालयलाई अर्को ठाउँमा सारिएको छ । शिक्षालय परिसरमा अहिले राजधानीका संरचना तयार गरिएको छ । यहाँ मुख्यमन्त्री कार्यालय, प्रदेशसभा भवन र मन्त्रालयलगायत संरचना रहने बताइएको छ ।
लुम्बिनीका १३ मध्य मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ६ मन्त्रालय यही परिसरमा रहनेछन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापना भइसकेको छ । प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा छ । अबको लुम्बिनी प्रदेशसभाको बैठक पनि देउखुरीमै राख्ने तयारी छ । राप्ती प्राविधिक शिक्षालयभित्रको १८ बिघा क्षेत्रफलमा साना–ठूला गरेर ४० भवन छन् । राजधानी कार्यान्यनमा आएसँगै देउखुरीलाई सिँगारिएको छ ।
