ओमप्रकाश गुप्ता बुधबार, मंसिर २१, २०७९

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले शिवसवरी धाम प्रदेशकै विशेष धामको रूपमा विकास गर्न प्रदेश सरकार प्रतिवद्व रहेको बताएका छन् ।

दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ पहरूवा स्थित शिवसवरी धाम धार्मिक केन्द्रले बुधबार गंगा सागरमा आयोजना गरेको विश्वको ऐतिहासिक नमुना त्रिशुल स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।मुख्यमन्त्री केसीले यस धामलाई एउटा नमुना धामको रूपमा विकास गर्न धामलाई सिगार्ने देखि साैन्दर्यता कायम गर्न राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टलाई सुझाव दिदै यसको संरक्षणमा प्रदेश सरकार जुट्ने र हरेक वर्ष कुनै न कुनै चिजमा इटा थपेर साैन्दर्य पुर्ण धार्मिक स्थलको रूपमा विकास गरिने समेत बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री केसीले अहिले स्थायी राजधानीमा जसरी नमुना शहरको रूपमा विकास गर्ने पास्टर पलान बनेको छ, त्यसै गरि यस धामलाई पनि धार्मिक गन्तव्यको रूपमा विकास गर्दै लैजान जरूरी रहेको बताएका छन् ।

धार्मिक केन्द्रकी संरक्षक गुरु शिवलक्ष्मी चाैधरीको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, सिधापत्र डटकमका सञ्चालक मेगमन बुढा, निर्देशक भानु जोशी, दंगाली अनलाइनका सञ्चालक मुक्तिराम पाैडेल, शिवसवरी धाम धार्मिक केन्द्रका उपाध्यक्ष हरिबहादुर बुढा क्षेत्री, पुर्व अध्यक्ष मिश्रुलाल चाैधरी लगायतको विशेष उपस्थिति रहेको थियो । धार्मिक केन्द्रका सचिव राजेन्द्र चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

शिवसवरी धाम देखि सडकको दक्षिण तर्फ गंगासागरमा स्थापना गरिएको विश्वको ऐतिहासिक नमुना त्रिशुल हाल २५ फिट अग्लो रहेको छ । सो त्रिशुललाई निकट भविष्यकै विश्वकै सवै भन्दा अग्लो त्रिशुलको रूपमा स्थापना गर्ने बताइएको छ । हाल सो त्रिशूल नमुनाको रूपमा मात्र स्थापना गरिएको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]