
Sgr
Rgp
Lnp
Ggp
Unsku
pku
Rgp1
Pbu
Srbpu

Pvg
Ggd
Bbu
Sbs
Rsb
Ksm
Vor
Wsp
nsb
Rgs
Tsm
Rgu
Ssm
Rgu
Gst
Hal
Asm
Sls
Bbbpu

Jmb
sab
Pls
Mks
Syp
Gsb
bbt
Rpp
Ptm
Bml
Jmb
Abd
Rmb
दाङ । गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा लमही आँखा अस्पतालको लमही दाङको प्राविधिक सहयोगमा मोतिबिन्दु भएका बिरामीहरूको नि:शुल्क शल्यक्रिया भएको छ।
गढवा गाउँपालिकाले पालिका भरी रहेका आँखामा समस्या भएका बिरामीहरूले पहिचान गरी नि:शुल्क उपचार तथा मोतिबिन्दु भएका बिरामीहरूको नि:शुल्क शल्यक्रिया गर्नका लागि उज्यालो अभियान साझेदारी कार्यक्रम सुरु गरेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।
उज्यालो अभियान साझेदारी कार्यक्रम अन्तर्गत अहिले सम्म वडा गढवा गाउँपालिकाको वडा नम्बर ४,५,६,७ मा नि:शुल्क आँखा शिविर सञ्चालन गरिसकेको छ भने बाँकी वडामा नि:शुल्क शिविर सञ्चालनको लागि यस भन्दा पहिले नै तालिका सार्वजनिक गरिसकेको छ। अहिलेसम्म सञ्चालन भएको नि:शुल्क आँखा शिविरमा आँखा सम्बन्धी समस्या भएर शिविरमा आएका विरामी हरुको नि:शुल्क ओपिडी सेवा, निशुल्क चस्मा वितरण र मोतिबिन्दु भएका बिरामीहरूको नि:शुल्क शल्यक्रिया भैसकेको अध्यक्ष पोख्रेलले बताउनु भयो । आउने दिनहरूमा स्वास्थ्यसंग सम्बन्धित अन्य रोगहरु सम्बन्धित पनि नि:शुल्क शिविर सञ्चालन गर्ने बारे योजनामा पालिका रहेको र त्यसको लागि पनि गृहकार्य भैरहेको अध्यक्ष पोख्रेलले जानकारी दिनु भयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले आफुहरु निर्वाचित भएर आएपछी पहिलो बजेटमा नै आँखा कार्यक्रमको लागि १५ लाख रुपैयाँ छुट्याइएको बताउदै पालिका भित्र ८ सय ५० जना मोतिबिन्दु भएका बिरामीहरूको नि:शुल्क शल्यक्रिया हुने कार्यमा खर्च गरिने र यो कार्यक्रम निरन्तर चलाई राख्ने जानकारी दिनु भयो । साथै यो अभियानबाट लाभ लिन सम्पूर्ण पालिका बासीहरूलाई अनुरोध समेत गर्नु भयो।
बुधबार लमही आँखा अस्पताल लमहीमा गढवा गाउँपालिका वडा नम्वर – ४ मा सञ्चालन भएको नि:शुल्क आँखा शिविरबाट मोतिबिन्दु भएका ५३ जना बिरामीहरूको नि:शुल्क शल्यक्रिया पछी गढवा गाउँपालिका र नेपाल नेत्र ज्योति संघ लमही आँखा अस्पतालको संयुक्त टिमले सल्यक्रिया गरिएका विरामीहरुलाई चस्मा तथा औषधी वितरण कार्यक्रममा सल्यक्रिया गरिएका विरामीहरुसंग भेटघाट गरेको छ । भेटघाट कार्यक्रममा सल्यक्रिया गरिएका विरामीहरुओ स्वास्थ्य अवस्थाको बारेमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र उपाध्यक्ष शारदा कुमारी चौधरी सहितको टिमले लमही आँखा अस्पतालमा पुगेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको हो।
कार्यक्रम गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल,उपाध्यक्ष शारदा कुमारी चौधरी, ४ नम्वर वडाका वडाध्यक्ष हरिभगत चौधरी,नेपाल नेत्र ज्योति संघ दाङ शाखाको उपासभापति रेशम बहादुर खड्का,नेपाल नेत्र ज्योति संघ लमही आँखा अस्पतालको तथा बहादुरगंजका बहादुरगंज आँखा अस्पतालका प्रमुख शमशेर थापा,लमही आँखा अस्पतालको नेत्र अधिकृत कृष्ण बहादुर चौधरी लगायतकाको उपस्थिति रहेको थियो।
