
Sgr
Rgp1
Lnp
Pbu
Ggp
Rgp
Unsku
pku
Srbpu

Sls
Tsm
Rgu
Bbu
Bbbpu
Vor
Pvg
nsb
Rgu
Rsb
Ggd
Ksm
Wsp
Ssm
Sbs
Asm
Rgs
Gst
Hal

Rmb
Abd
sab
Ptm
bbt
Jmb
Rpp
Gsb
Syp
Pls
Bml
Mks
Jmb
दाङ । घोराही नेपाल प्रहरीका प्रहरी आईजिपी धिरज प्रताप सिंह अचानक गोप्य अनुगमन दाङ आएर जानुभएको छ । आईजिपी सिंहले बिना बर्दिका नागरिकहरुको पनि शान्ती सुरक्षा कायम गर्ने सवालमा महत्वपूर्ण भुमिका रहने बताएका छन् ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय दाङको निरीक्षण भ्रमण तथा निर्देशन कार्यक्रममा बोल्दै उनले नागरिक र प्रहरी मिलेर नै बलियो शान्ती सुरक्षा कायम गर्न सकिने बताएका हुन् । समाजमा अपराधका स्वरुपहरु फेरिदै गएकाले अपराध नियन्त्रण गर्न प्रहरीलाई आधुनिक प्रबिधी मैत्री बनाउनु पर्ने आईजिपी सिंहले जोड दिएका छन् ।
यस्तै कानुन कार्यान्वयनले नै समाजमा दण्डहिनता अन्त्य हुने भन्दै उनले प्रहरीलाई कुनै पनि प्रलोभनमा नपरेर नागरिकलाई राज्य भएको महसुस हुने गरि न्याय निरुपण गर्नुपर्ने बिचार ब्यक्त गरे । पछिल्लो समय साइबरबाट हुने अपराध बढेकाले यसलाई न्युनिकरण गर्न प्रहरी नयाँ प्रबिधी अपनाउनु पर्ने उनले बताए ।
महिला र बालबालिकाको सवालमा अलि बढि संबेदनसिल हुन आग्रह गर्दै आईजिपी सिंहले अपराध नियन्त्रणमा कसैसंग सम्झौता गर्न नहुने भन्दै उनले दाङमा प्रहरी प्रमुख एसपी भएर काम गर्दा गुण्डा गर्दि नियन्त्रण बैदेशिक रोजगार ठगि, यातायात सिन्डिकेट लगायत विभिन्न आपराधिक गतिबिधी नियन्त्रणमा लिएर सफल भएर दङ्गालिको मन जितेको स्मरण गरे ।
त्यस्तै प्रहरीका बिभीन्न मातहत समेतमा कार्यरत ईकाई प्रमुखहरुलाई शान्ति सुरक्षा, मानव अधिकारमा सम्वेदनशिल रहन, आर्थिक पारदर्शिता कायम राख्न आग्रह गर्दै उनले गएको प्रदेश र संघको निर्वाचनलाई सहयोग गर्ने सबै प्रहरीहरुलाई धन्यवाद दिए । सो अवसरमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी नलप्रसाद उपाध्याय जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बिरबहादुर वली जिल्लाको शान्ती सुरक्षाको अबस्थाको बारेमा आईजिपि सिंहलाई बिर्फिङ गरेका थिए । त्यस्तै उनिहरुले आफ्नो कार्यकालमा
सम्पादन गरेका कृयाकलाप प्रस्तुत गर्नुका साथै शान्ती सुरक्षा कायम गर्न कुनै कसर बाकी नराख्ने प्रतीबद्धता ब्यक्त गरे । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वलीले आईजिपी सिंहलाई मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका जिल्लाहरुका प्रहरी प्रमुखहरु, मातहतका प्रहरी युनिट इन्चार्ज, राजमार्ग सुरक्षा तथा ट्राफिक प्रमुखहरु समेतको उपस्थिती रहेको थियो । शुक्रबार आईजिपि सिंहले धारपानी मन्दीरको दर्शन गरेका थिए । त्यस्तै ब्रह्मकुमारी बिश्व बिद्यालयले प्रहरी महानिरीक्षक सिंहसहित नेपाल प्रहरी श्रीमती संघकि अध्यक्ष तथा उनकि धर्मपत्नी कुसुमलता सिंह ,लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डिआईजी नलप्रसाद उपाध्याय र उनकिका धर्मपत्नी सुनम उपाध्याय तथा जिल्ला प्रहरी दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर ओलिलाई स्वागत तथा सम्मान गरेको थिए ।
साथै आईजिपी सिंह घोराहिको ट्राफिक चोक नजिकैको शिरडि साइ मन्दिर पुगेर पनि पुजाआजा गरेका थिए । शुक्रबार नै आईजिपी सिंह दाङ निरीक्षण सकेर नेपालगन्जको कार्यक्रममा सहभागी हुन जानुभएको दन्तकाली प्रहरी प्रमुख एसपी वलीले जानकारी दिनुभएको छ ।
