
pku
Srbpu
Pbu
Unsku
Rgp
Sgr
Ggp
Lnp
Rgp1

Tsm
Sls
Asm
Rgu
Sbs
Rsb
Gst
Rgs
Ggd
Ksm
Pvg
Hal
Bbu
Ssm
nsb
Rgu
Vor
Bbbpu
Wsp

Ptm
Rmb
Gsb
Syp
Jmb
bbt
Bml
Jmb
sab
Pls
Mks
Rpp
Abd
दाङ । दाङमा श्रीमानले हथौडा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बबई गाउँपालिका वडा नं. १ क्यूरेनीमा ४० बर्षीय श्रीमान लाल बहादुर बोटेले हथौडा प्रहार गरी श्रीमती ३४ बर्षीया खुमी बोटेको हत्या गरेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख तथा प्रहरी निरीक्षक मान बहादुर बस्नेतले जानकारी दिनुभयो ।
आज बिहान ३ बजे तिर श्रीमान श्रीमतीको घरायसी विवाद हुँदा हथौडा प्रहार गरी श्रीमतीको हत्या गरेको र स्थानीयले विहान ५ बजे तिर प्रहरीलाई खवर गरेका थिए । श्रीमान बोटेलाई इलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणमा लिएको छ ।
त्यस्तै शबलाई पोष्ट मार्टमका लागि तुलसीपुर ल्याउने तयारी गरेको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो । विकट बस्ती भएकाले शव ल्याउन समस्या रहेको र ट्याक्टर बोलाएर शब ल्याउने तयारी गरेको उहाँले बताउनुभयो ।
