
Unsku
Lnp
Srbpu
Sgr
Rgp
Rgp1
pku
Ggp
Pbu

Rgu
Bbu
Ssm
Sls
Asm
Pvg
Sbs
Hal
Rgu
Ggd
Rgs
Wsp
Bbbpu
Vor
Gst
Tsm
Ksm
Rsb
nsb

Mks
Syp
Abd
Bml
Rpp
Ptm
Pls
Gsb
Jmb
sab
Rmb
bbt
Jmb
लुम्बिनी । विश्वविधालय जैन विश्व भारती राजस्थानले लुम्बिनी प्रदेशकै पहिला याेग वैज्ञानिकलाई बृजेश कश्यपलाई डॉक्टर ऑफ फिलोसॉफी काे उपाधिले सम्मानित गरेकाे छ ।
कपिलवस्तु जिल्लाकाे कृष्णनगर नगरपालिका ९ बहादुरगंज निवासी बृजेश कश्यपलाई भारतकाे जैंन विश्व भारती विश्ववद्यालय राजस्थान सरकारले डॉक्टर ऑफ फिलोसॉफीकाे उपाधिले सम्मानित गरेकाे छ । डॉक्टर बृजेश कश्यप का शोधकार्य ” लाईफस्टाइल पैरामीटरमा योगले पर्ने प्रभाव विषयमा थियाे । शाेधमा कुल १२ पैरामीटर थिए जसमा मुख्य रूपले सुगर स्तर, हीमोग्लोबिन, क्रिएटनीन, लिपिड प्रोफाइल रेस्पिरेटरी फंक्शन, बीपी आदि ४ वटा थप पैरामीटरमा पनि छ । डा.कश्यपकाे पीएचडी रजिस्ट्रेशन सन २०१६ मा भएकाे थियाे भने शोधकार्य २०१९ मा शोधगाइड डॉ प्रद्यमुन्न सिंह शेखावतका मार्गदर्शनमा सम्पन्न भएकाे थियाे ।
राजस्थानका गर्वनर कलराज मिश्रकाे प्रमुख अतिथ्यतामा यहि १२ नवम्बरका दिन १३ ओैं दीक्षांत समारोहकाे अवसरमा कैबिनेट मंत्री अर्जुनराम मेघवाल र विश्वविद्यालयका कुलपति दुंगड़ले बृजेश कश्यपलाई योग विज्ञानमा डॉक्टर ऑफ फिलोसॉफी काे उपाधि प्रदान गरेका हुन । डा. बृजेश कश्यप का बुवा. स्वर्गीय विश्राम कश्यप कपिलवस्तुकाे बहादुरगंजकाे एउटा मध्यम परिवार भएपनि अथक लगनशील भएका कारण लुम्बिनी प्रदेश मै एकमात्र याेग विज्ञानका डॉक्टर ऑफ फिलोसॉफी उपाधि धारक हुन ।
डा. कश्यप एसएलसीसम्मकाे पढाइ बहादुरगंजकै श्रीराम गाेरखा माध्यमिक विद्यालयमा गरेका थिए । विद्यालयका गणित शिक्षक राधेश्याम चाैधरी गायत्री परिवारसंग जुडेकाले त्यहिंबाट याेग शिक्षाप्रति रुचि बढन थालेकाे थियाे । सानैमा बुवा बिश्रम कश्यप काे निधन भएपछि दाजु राजेश कश्यपले केही लखनऊसंगै राखेर भारतकाे हरिद्वारस्थित देव संस्कृत विश्वविद्यालयमा याेग विज्ञान विषयमा भर्ना गराए । जिवनमा कठिन संघर्ष गर्दै उनी परिवारबाट सहयाेग पाउदै आएका थिए ।
त्यस्तै एउटा मध्यम वर्ग परिवारले पढाईकाे खर्च उठाउन नसकेकाले उनी प्लस-टु देखि नै साना बच्चाहरुलाई ट्युसन पढाउंथे । बाल्यकालदेखि नै अत्यन्त मिलानसार डा. कश्यप अहिले आफ्नाे समाजका लागि केही गर्ने र स्वास्थप्रतिकाे सचेतना फैलाउने क्याम्प पनि गर्दै आएका छन । उनी आफ्नाे उपलब्धीकाे श्रेय ठुला दाइहरु सन्जु ,राजेश,बनवारी कश्यप र भाउजूहरु नीरु,रेनु र पुनमलाई दिन्छन । आमा बुवाकाे निधनले दाइ भाउजू र इष्टमित्रकै सहयाेगले याे उचाईमा पुगिएकाे डाक्टर कश्यपले बताउनुभयाे ।
नेपाल लगायत विश्वका धेरैजसाे देशमा पनि केही बर्ष यता याेग विज्ञानकाे महत्व बढ्दै गएकाे छ । भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले सन २०१४ सेप्टेम्बर २७ का दिन संयुक्त राष्ट्र सभाकाे बैठकमा याेग दिवसका लागि पहल गरेपछि प्रत्येक बर्ष २१ जुन विश्व याेग दिवस संसारभरि मनाइने चलन शुरु भएकाे छ ।
