Sidha Patra शुक्रबार, कार्तिक ०४, २०७९

दाङ । क्षेत्र नम्बर १ दाङका सत्ता गठबन्धनका उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले विपी कोइराला आफ्नो पनि नेता भएको धारणा राखेका छन् ।

घोराही–२, पलासेमा विहिबार आयोजित बाम लोकतान्त्रिक गठबन्धन दलका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले भने, ‘मैले विकासका काममा यो दल त्यो दल भन्ने गरेको छैन । सांसद हुने बित्तिकै संसद विकास कोषको रकमबाट पहिलो वर्ष नै विपी स्मृति भवनका लागि १५ लाख र त्यसपछि क्रमशः थप्दै ८० लाख हालेँ । फेरि फिनिसिङ गर्नका लागि रु १ करोड थप रकम उपलब्ध गराउँदै छु । किनकि विपी कोइराला मेरा पनि नेता हुनुहुन्छ । मैले त्यतिबेला कांग्रेससँग गठबन्धन हुने कल्पना गरेर बजेट दिएको त थिएन । र यसपाली जनमोर्चाका साथीहरुले भवन बनाइदिन अनुरोध गर्नुभएको छ । उहाँहरुको लागि पनि भवन बनाइने छ।’

‘सांसद विकास कोषको पैसा बाँड्दा समेत सबै दलका नेताहरुलाई बोलाएरै बाँडफाँड गरेको थिएँ । विकास सबैको साझा चाहना भएकोले सबैलाई मिलाएर हिँड्न जरुरी छ । जनतालाई विभाजन गरेर कसैको हित पनि हुदैन ।’ मन्त्री चौधरीको भनाई थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]