
Rgp
Gfs
cjs
Djs
pku
Srbpu
Rgp1
Sgr
Ses
Lnp
Ggp
Pbu
Unsku
Pes

Gst
Asm
Hal
Bbu
Vor
Tsm
Rsb
Pvg
Wsp
Sls
Rgs
nsb
Sbs
Bbbpu
Ggd
Ssm
Ksm
Rgu
Rgu

Abd
Bml
Gsb
Syp
Rpp
Mks
Jmb
bbt
Ptm
sab
Pls
Rmb
Jmb
काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ ।
ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट रहेका नरेन्द्रराज प्रसाईंले जानकारी दिए । ‘उहाँको छोराले बुवा खस्नुभयो भनेर फोन गर्नु भएको थियो,म अस्पताल जाँदैछु,’ प्रसाईंले भने ।
जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो । अस्पताल बसाइको शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।
त्यस्तै किष्ट मेडिकल कलेजले सत्यमोहन जोशी र उनकी पत्नीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।अनलाइनखबर
