
Ggp
Asbus
Ksbus
Msbus
Lnp
Ksbus
Ggp
Rgp
Sdc


दाङ । गजल बहर सिद्धान्तमा आधारित भएन भने त्यो गजल हुन नसक्ने बरिष्ठ साहित्यकार एवं समालोचक डा.घनश्याम न्यौपाने परिश्रमीले बताउनु भयो ।
गजलमा रदिफ,काफिया र बहर मिलेन भने मुटु र फोक्सो बिनाको प्राणि हुन्छ–परिश्रमीले बताउनुभयो । गजल प्रेम र अनुराग मात्र होइन बिकृति,बिसंगति र बिचार भावको प्रहार हो । बहर नमिलेको गजललाई आजकल आधुनिक गजल भनिनु गजलको सैदान्तिक मान्यता बिपरितको कुरा हो ।
बर्तमान परिवेशमा गजल लेखनका सिद्धान्त र मुल्यमान्यता तोडमोड भएका छन्–डा.परिश्रमीले भन्नुभयो । चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशले शनिवार देउखुरीको लमहीमा आयोजना गरेको जुनेली रात चारु संग्रहको बिमोचन कार्यक्रमलाई प्रमुख अतिथीको आसनबाट संबोधन गर्दै बरिष्ठ गजलकार एवं गजल बिधामा नेपालमै पहिलो बिद्यावारिधी हाँसिल गर्नुभएका समालोचक घनश्याम न्यौपाने परिश्रमीले यस्तो बताउनुभएको हो ।
त्यस्तै चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष तेज प्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष खनालद्धारा लेखिएको जुनेली रात चारु संग्रहको बिमोचन गरिएको हो । सो अवसरमा प्रतिष्ठानले प्रकाशन गरेको नवरत्न चारुसंग्रहको समेत बिमोचन गरिएको थियो । कार्यक्रममा बोल्दै बरिष्ठ साहित्यकार एवं समालोचक डा.देवि पन्थीले चारु गजल साहित्य भित्रको एक अर्को बिधा भएको बताउनुभयो ।
कार्यक्रममा देउखुरी साहित्य मञ्चका अध्यक्ष हरि पोखे्रल, अबधि सांस्कृतिक बिकास परिषद् दाङका अध्यक्ष जगतराम यादव,साहित्यकार निम बहादुर थापा,थारुभाषा साहित्य तथा संरक्षण मञ्चका अध्यक्ष छविलाल कोपिला,गितकार धनसिंह गिरी,गढवा उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष रविलाल आचार्य,साहित्यकर्मिहरु हरेकृष्ण ज्ञवाली, चन्द्रावती अधिकारी, पद्मा रिजाल,लेखराज रेग्मी, अम्बिका खरेल,अमृता रसाईली,कमलमणि उपे्रती, यज्ञ सुवेदी,स्वर्ण शिखा,मुना पन्थी,सिता शर्मा पन्थी, शिबराज पन्थी लगायतले रचना वाचन तथा कृतिकारलाई सुभकामना दिनु भएको थियो ।कार्यक्रमको सहजीकरण चारु साहित्य प्रतिष्ठान लुम्बिनीका नागेन्द्र प्रसाद यादवले गर्नुभएको थियो ।

