
Lnp
Pbu
Srbpu
Unsku
Sgr
Rgp1
Rgp
Ggp
pku

Ksm
Rgu
Hal
Vor
Ssm
Gst
Ggd
Asm
Bbbpu
Wsp
Pvg
nsb
Rgu
Tsm
Rsb
Rgs
Sbs
Bbu
Sls

Abd
Bml
Mks
Rpp
Syp
Ptm
Rmb
Pls
Jmb
bbt
Jmb
Gsb
sab
दाङ । आज देउखुरीका मधेशी समुदायमा प्राय राप्ती नदी पारी हिन्दू धर्मावलम्बीका विवाहित महिलाले आज करवा चौथ पर्व मनाउँदैछन्। आफ्नो श्रीमानको दीर्घायुका लागि महिलाहरुले गर्ने करवा चौथ व्रत आज नेपालमा खास तराई क्षेत्रको मधेशी समुदायमा पनि मनाइने गरिन्छ। आफ्नो श्रीमान्को दीर्घायु,सुख,सौभाग्य एवम् सफल दाम्पत्यको कामना गरी घरघरमा विवाहित महिलाले निराहार व्रत बसी करवा चौथ पर्व मनाउँदैछन् ।
दिनभरि उपवास बसेका व्रतालु साँझको समयमा चन्द्रमा उदाएपछि श्रीमान्को मुख हेरेर यो व्रत तोडिँन्छ। व्रत तोडेपछि उनीहरु भोजन गर्दछन् । साँझको समयमा व्रतालु महिलाले सुहागनको हरेक सामग्री लगाएर व्रतमा बस्ने गर्दछन् । प्रत्येक वर्ष प्राय कात्तिक कृष्णपक्षको चतुर्थी तिथिमा मनाइने यो पर्व खासगरी तराईका हिन्दू धर्मावलम्बीले मनाइँदै आएका छन् ।
करवा चौथमा छलनी (चाल्नो) को महत्व निकै छ। बिना छलनीको यो व्रत पूरा हुँदैन। करवा चौथ गर्ने महिलाले छलनीमा दियो बाली चन्द्रमालाई हेरेपछि आफ्नो श्रीमानलाई हेर्ने गर्छिन्। अझ विवाहित महिलाकाे माइतबाट माटोको भाँडा(करुवा) सँगै त्यसैमा अन्न दिने चलन छ जसलाई आज चन्द्रमा उदाए पछि पुजिन्छ।
धार्मिक मान्यता अनुसार चन्द्रमालाई भगवान ब्रह्माको प्रतिक मानिन्छ। चन्द्रमालाई प्रेमको प्रतिक पनि मानिन्छ र चन्द्रमाको आयु लामो हुन्छ। त्यसकारण छलनीले चन्द्रमालाई हेरेपछि महिलाहरुले आफ्नो श्रीमानलाई छलनी हेर्छिन्, ताकि पतिको पनि लामो आयु होस्। पहिले विवाहित महिलाहरुले मात्र गर्ने यो व्रत पछिल्लो समय अविवाहितहरुले पनि गर्न थालेका छन्।
भगवान् शिवलगायतका अनेकौं देवीदेवताको यस पर्वमा श्रद्धापूर्वक पूजा गर्ने चलन रहेको छ । यस पर्वको अनेकौँ पौराणिक कथा हिन्दू धर्मको ग्रन्थमा पाइन्छ । सत्ययुगमा यमराजले सत्यवान्को प्राण मारेको भन्दै सावित्रीले आफ्नो पतिको आत्मालाई रोकेको प्रसङ्ग रहेको छ । कथाका अनुसार सावित्रीले अन्न, जल त्यागी जिद्धी भई बसिरहेकाले यमराजको केही सीप नलागी र अन्त्यमा सत्यवान्को प्राण फिर्ता गरिदिएको धार्मिक ग्रन्थमा उल्लेख रहेको छ ।
त्यस्तै त्रेतायुगमा महाभारतमा उल्लेख गरेअनुसार पाण्डव समस्यामा रहेको समयमा द्रौपदीले भगवान श्रीकृष्णको सल्लाहबमोजिम करवा चौथ व्रत गरेकाले पाण्डवको सङ्कट अन्त्य भएको महाभारतमा उल्लेख रहेको छ।
