Sidha Patra बुधबार, आश्विन २६, २०७९

रुपन्देही । लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीमाथि उम्मेदवार अपहरण गरेको आरोप लगाइएको छ । मुख्यमन्त्री केसीमाथि माओवादी छाडेर दाङ क्षेत्र नं १ प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका टंक विष्टलाई अपहरण गरेको उनका परिवारले आरोप लगाएका हुन् ।

टंककी बुहारी गौरी विष्टका अनुसार राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले मुख्यमन्त्री केसीले बोलाएको भनेर घरमै आएर लगेका थिए । त्यसपछि मोबाइल स्वीचअफ गरिएको र पटक–पटक सम्पर्क गर्दा पनि सम्पर्क नहुँदा अपहरण गरेको आशंका भएको उनले जानकारी दिइन् । प्रदेशसभाका आकांक्षी विष्टले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । माओवादीले उनलाई उम्मेदवारी फिर्ता लिन पटक-पटक दबाब दिएको उनको परिवारले जनाएको छ । विष्टले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने अडान लिएपछि अपहरण गरिएको परिवारको आशंका छ ।

त्यस्तै उनलाई लुम्बिनीका मुख्यमन्त्री केसी, माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा लगायतका नेताले पटक-पटक फोन गरेको पारिवारिक स्रोतले जनायो । बुहारी गौरीले अपहरणको आरोप लगाए पनि प्रहरीमा भने कुनै उजुरी दिएका छैनन् ।

इलाका प्रहरी कार्यालय भालुवाङले यसबारे कुनै जानकारी नभएको र बुझेरमात्रै बताउन सकिने जनाएको छ । यस विषयमा बुझ्न पटक-पटक सम्पर्क गर्दा पनि राप्ती गाउँपालिका अध्यक्ष विष्टले कल रिसिभ गरेनन् ।नेपालप्रेस

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]