Sidha Patra बुधबार, आश्विन २६, २०७९

पोखरा । मनाङबाट प्रदेशसभा सदस्यमा दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् ।

मनाङको प्रदेशसभा निर्वाचन ‘ख’बाट प्रदेश सभा सदस्यका लागि दीपक मनाङे भनेर चिनिने राजीव गुरुङसँगै दोर्जे लामाको उम्मेदवारी परेको थियो ।

कांग्रेस र एमाले दुबैले मनाङेलाई समर्थन गर्दै उम्मेदवारी दिएका थिएनन् । मनाङले सुरुमा सत्ता गठबन्धनको समर्थनमा चुनाव लड्ने बताएका थिए । तर मनोनयन गर्नुअघि उनले गठबन्धन छोडिसकेको बताएपछि एमालेले पनि उम्मेदवारी दिएन ।

स्वतन्त्र उम्मेदजार दोर्जेले बुधबार उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका छन् । अब मनाङेको मात्र उम्मेदवारी कायम रहेको र प्रक्रिया पुरा गरेर आजै दिउँसो निर्विरोध निर्वाचित घोषणा गरिने मनाङका मुख्य निर्वाचन अधिकृत उत्तम सिलुवालले जानकारी दिए ।

मनाङे २०७४ मा पनि स्वतन्त्र उम्मेदवार थिए । एमालेले समर्थन गरेपछि चुनाव जितेका थिए । नेकपा विवाद पेचिलो भएपछि पहिले पृथ्वीसुब्बा गुरुङले उनलाई खेलकुल मन्त्री बनाएका थिए । पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री भएपछि केही दिनका लागि उनी दोस्रो पटक खेलकुद मन्त्री बने ।

पृथ्वीसुब्बा गुरुङको सरकार अल्पमतमा परेपछि गुरुङले गठबन्धनलाई साथ दिए । उनैको समर्थनमा बनेको कृष्णचन्द्र पोखरेल नेतृत्वको सरकारमा उनी युवा तथा खेलमन्त्री बन्न सफल भएका थिए । गुरुङ अहिले पनि गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री छन् ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]