
Sds
gst
Mbdvs
Anm
Pbu
Rbs
mbd
Gmk
Ksm
Gisld

Rgu
nsb
Ssm
Ggd
Gst
Sbs
Asm
Bbu
Tsm
Bbbpu
Rsb
Vor
Rgs
Rgu
Ksm
Sls
Wsp
Pvg
Hal

Mks
sab
Jmb
Rmb
Ptm
Pls
Jmb
Abd
Bml
Syp
Gsb
bbt
Rpp
काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई आज निर्वाचन चिह्न प्रदान गर्दैछ ।
राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न साविककै हुनेछ भने स्वतन्त्रतर्फका उम्मेदवारहरुलाई आयोगले कुनै एउटा चिह्न दिनेछ । निर्वाचन चिह्न वितरण गर्ने समय आज अपराह्न ४ बजेदेखि बेलुका ७ बजेसम्म निर्धारण गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
त्यसअघि आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने छ । त्यसका लागि दिउँसो १ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।
अन्तिम नामावली प्रकाशित हुनुअघि कसैले आफ्नो उम्मेदवारी फिर्ता लिने भए लिनसक्ने छन् । उम्मेदवारी फिर्ता लिने समय आज बिहान १० बजेदेखि १ बजेसम्म छ । पार्टीले वितरण गरेको टिकटबाट असन्तुष्टहरुले बागी उम्मेदवारी दिएकाले तिनीहरुको उम्मेदवारी फिर्ता गराउने प्रयास राजनीतिक दलका नेताहरुले जारी राखेका छन् ।
त्यस्तै सत्ता गठबन्धनका शीर्ष नेताहरुले सोमबार संयुक्त सूचना जारी गरी बागी उम्मेदवारहरुलाई आज दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता लिन भनेका छन् । यदि फिर्ता नलिए पार्टीबाट निष्कासन गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन् ।
