
Rbs
gst
Mbdvs
Ksm
Pbu
Gmk
Gisld
Sds
Anm
mbd

Sls
Asm
Sbs
nsb
Bbu
Rsb
Hal
Rgu
Bbbpu
Rgu
Tsm
Gst
Rgs
Wsp
Ksm
Pvg
Ggd
Vor
Ssm

Mks
Gsb
bbt
Bml
Rmb
Rpp
Syp
Jmb
Abd
sab
Ptm
Jmb
Pls
रोल्पा । रोल्पा प्रदेशसभा (ख) मा नेकपा माओवादी केन्द्रका नेता दीपेन्द्र पुनमगरले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सिट बाँडफाटमा रोल्पा प्रदेशसभा (ख) नेपाली कांग्रेसको भागमा परेपछि पुनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै समर्थकहरुसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका पुनले आफ्नो उम्मेदवारी गठबन्धन विरुद्ध नभएको प्रतिक्रिया दिए । उम्मेदवारी दर्तापछि पत्रकार सम्मेलन गरेका उनले केन्द्रीय गठबन्धनले रोल्पा प्रदेशसभा (ख) कांग्रेसलाई दिएकोमा असन्तुष्टि जनाए । २०७४ सालको निर्वाचनमा जसले जहाँ जितेको हो यसपटकको निर्वाचनमा समेत उही पार्टीले उम्मेदवारी दिने भनिए पनि रोल्पामा त्यसो नभएको उनको भनाइ छ ।
गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा समेत कांग्रेसले नेकपा एमाले र विप्लव नेतृत्वको नेकपासँग गठबन्धन गरी माओवादी हराउने अभियानमा लागेको उनको आरोप छ । पुनले आफू आवद्ध दल नेकपा माओवादी केन्द्रको पोलिटव्युरो सदस्य तथा जनक्रान्तिका घाइते,अपांग संगठन र त्यसको इन्चार्जवाट समेत राजीनामा दिएको घोषणा गरेका छन् । पुन २०७४ सालमा लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।अनलाइनखबर
