Sidha Patra आइतबार, आश्विन २३, २०७९

रोल्पा । रोल्पा प्रदेशसभा (ख) मा नेकपा माओवादी केन्द्रका नेता दीपेन्द्र पुनमगरले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सिट बाँडफाटमा रोल्पा प्रदेशसभा (ख) नेपाली कांग्रेसको भागमा परेपछि पुनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै समर्थकहरुसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका पुनले आफ्नो उम्मेदवारी गठबन्धन विरुद्ध नभएको प्रतिक्रिया दिए । उम्मेदवारी दर्तापछि पत्रकार सम्मेलन गरेका उनले केन्द्रीय गठबन्धनले रोल्पा प्रदेशसभा (ख) कांग्रेसलाई दिएकोमा असन्तुष्टि जनाए । २०७४ सालको निर्वाचनमा जसले जहाँ जितेको हो यसपटकको निर्वाचनमा समेत उही पार्टीले उम्मेदवारी दिने भनिए पनि रोल्पामा त्यसो नभएको उनको भनाइ छ ।

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा समेत कांग्रेसले नेकपा एमाले र विप्लव नेतृत्वको नेकपासँग गठबन्धन गरी माओवादी हराउने अभियानमा लागेको उनको आरोप छ । पुनले आफू आवद्ध दल नेकपा माओवादी केन्द्रको पोलिटव्युरो सदस्य तथा जनक्रान्तिका घाइते,अपांग संगठन र त्यसको इन्चार्जवाट समेत राजीनामा दिएको घोषणा गरेका छन् । पुन २०७४ सालमा लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]