
Gmk
gst
Ksm
Mbdvs
mbd
Anm
Gisld
Rbs
Pbu
Sds

nsb
Ssm
Pvg
Bbu
Sbs
Rgs
Gst
Rgu
Ksm
Rgu
Sls
Hal
Tsm
Vor
Bbbpu
Wsp
Ggd
Asm
Rsb

Syp
sab
Ptm
Bml
Rpp
Rmb
Pls
Gsb
bbt
Mks
Jmb
Jmb
Abd
जुम्ला । पहिरोमा परी जुम्लामा मृत्यु हुनेको संख्या ७ जना पुगेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा ७ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार मृत्यु हुनेमा घरमुली ५५ बर्षका गणेश शाही, उनका छोरा २२ बर्षका रमेश शाही, रमेशकी पत्नी २२ बर्षकी पानसरा शाही, रमेशका ८ बर्षका छोरा अनमल शाही, छोरी मिलन शाही, छिमेकी सुरेन्द्र हमाल र २५ बर्षकी विद्या शाहीको मृत्यु भएको हो ।
घटनामा स्थानीय सरस्वती हमाल र रामबहादुर हमाल घाइते भएका छन् । सरस्वतीको अवस्था गम्भीर छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक नरेन्द्र चन्दको टोली पुगेको छ ।
बाढीमा आमा–छोरा बेपत्ता
जिल्ला प्रहरी कार्यालयका अनुसार भारी रुपमा परिरहेको बाढी र पहिरोले हिमा गाउँपालिकामा आमा छोरा बगेर वेपत्ता भएका छन् । हिमा गाउँपालिका–३ जोगीवाडामा बाढी आउँदा स्थानीय २५ बर्षकी सत्यदेवी योगी र उनका ३ बर्षका छोरा विनम योगी बगेर बेपत्ता भएका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
