Sidha Patra शुक्रबार, आश्विन २१, २०७९

काठमाडौं । नेकपा एमालेका नेता गंगा चौधरी सत्गौवाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

चौधरीले दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुने दौडमा थिइन् । तर एमाले नेतृत्वले रेवतीरमण शर्मालाई उमेदवार बनाउने तयारी गरेपछि चौधरी असन्तुष्ट बनेका हुन् ।

निवर्तमान सांसद समेत रहेकी चौधरीले क्षेत्र नम्बर १ मै स्वतन्त्र उम्मेदवारी दिने बताएकी छन् । ‘मेरो निर्वाचन क्षेत्रबाट म भन्दा क्यापेबल अर्को उम्मेदवार छैन । अझ बाहिरबाट ल्याएर उम्मेदवार बनाएपछि मैले स्वतन्त्र उम्मेदवारी दिने निर्णय लिएकी हुँ’, चौधरीले भनिन् ।

आफूले एमालेको सदस्यताबाट राजीनामा भने दिइनसकेको उनले बताइन् । ‘मैले पार्टीबाट औपचारिक राजीनामा दिएको छैन । राजीनामा नदिएसम्म पार्टी छाडेको भन्न मिलेन’ उनले भनिन् ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]