
Csbus
Gsl
Nssbus7
Pbu
gms
Bksbus5
Jsbus
syysr
Ratbs
Ddhbs
Gsbus
Ssbus
Amb
dsbus
Syees
Rbs

Bbu
Sbs
Rgs
Rsb
Rgu
Asm
Bbbpu
Tsm
nsb
Hal
Rgu
Vor
Sls
Ggd
Ssm
Wsp
Pvg
Gst
Ksm

Syp
Abd
Rmb
bbt
Bml
Pls
Mks
Jmb
Jmb
Rpp
Gsb
sab
Ptm
दाङ । एका बिहानै ७ बजेको समय । टाढै बाट नियाल्दा एक हुल बुज्रुक मान्छेहरु राप्ती नदीको तिरमा पलेटि कसेर बसेको दृश्य । नजिकै पुग्दा राप्तीको किनारामा साहित्यकर्मिहरुको जमघट । ब्यानर र हातमा कविता,गित गजल र मुक्तकहरुका पन्तुराहरु ।
प्रसंग हो–देउखुरी साहित्य तथा साँस्कृतिक मञ्च दाङले दशैं बिशेष पारेर नियमित कार्यक्रम अन्तर्गत शनिवार राप्ती नदीको तिरमा आयोजना गरेको शुभकामना आदान प्रदान र रचना वाचन कार्यक्रमको । कार्यक्रममा उपस्थित साहित्यकारहरुले वाचन गरेका रचनाहरुले देशको राजनितिक बिकृति,बिसंगति प्रति दह्रो ब्यङ्य प्रहार गरेको पाइन्थ्यो ।
कार्यक्रममा उपस्थित सबैजसोका रचनाहरुले आम नागरिकहरुमा देखिएको राजनितिक बितिष्णाको अन्त्य गर्न राज्य संचालकहरुलाई खर्बदारीका साथ सकारात्मक मार्गनिर्देश गरिरहेको पाइन्थ्यो । मञ्चका अध्यक्ष हरि पोखे्रलको अध्यक्षता र प्रगतिशिल लेखक संघ दाङका उपाध्यक्ष रेशम बिसीको प्रमुख आतिथ्यमा भएको समारोहमा साहित्यकार हरेकृष्ण ज्ञवाली,प्यूठान साहित्य परिषद्का अध्यक्ष नवराज आचार्य,लमही नगरपालिका वडानं.५ का वडा अध्यक्ष ओंम प्रसाद सुवेदी सागर,साहित्यकारहरु निमबहादुर थापा, छविलाल कोपिला,नारायण योगी,जगतराम यादव,शेरबहादुर चौधरी,हिमोढ पहाडी,रविलाल आचार्य,रामप्रकाश चौधरी,दिपा खत्री,योगमाया शाही,राधा गौतम,देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्रका अध्यक्ष ओभा पाठक,युवराज भण्डारी,शरद भट्टराई,खुमानन्द पोख्रेल लगायतले रचना वाचन गर्नुभएको थियो ।
त्यस्तै सो अवसरमा लमही निवासी शरद भट्टराईले मञ्चको भवन निर्माणका लागि आफ्ना पिताको संझनामा शिलालेखनमा नामांकन रहनेगरी ५ हजार ५ सय ५५ रुपियाको चेक हस्तान्तर।ण गर्नुभएको थियो । कार्यक्रममा झण्डै १० जनाको हाराहारीमा आजिवन सदस्यता बितरण गरिएको मञ्चले जनाएको छ । साहित्य मञ्चको नियमित पर्व बिशेष कार्यक्रम अन्तर्गत राप्ती तीरमा यो कार्यक्रमको आयोजना गरिएको हो । सहसचिव आशिष कल्पबृक्ष को स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव शिबराज पन्थीले गर्नुभएको थियो ।
